Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन १६, २०८१
Wednesday, October 2, 2024

काठमाडौं – चिप्स भन्नेबित्तिकै धेरैले आलु सम्झन्छन् । केराको पनि चिप्स बनाउन सकिन्छ भन्दा कतिलाई त अचम्म लाग्न सक्छ । यो निकै स्वादिष्ट हुन्छ र त्यतिकै मात्रामा स्वास्थ्यवर्द्धक पनि मानिन्छ । अझ शाकाहारी मानिसका लागि त यो अति नै उपयोगी साबित हुन्छ ।

यस्तो चिप्स प्रायः काँचो केराबाट तयार परिन्छ । अलिअलि पाकेको केराबाट पनि यस्तो चिप्स तयार पार्न सकिन्छ । यसलाई सजिलै घरमै तयार पारी प्रयोग गर्न सकिन्छ ।

यस्तो चिप्स तयार पार्नका लागि पहिला ठाडो तरिकाले काट्नुपर्छ । गोलाकार रूपमा काट्दा पनि फरक पर्दैन ।

यसरी पातलो गरी स्लाइस गरेपछि तातेको तेलमा तारेर तयार पार्न सकिन्छ ।

यो तयार भइसकेपछि आवश्यकताअनुसार नुन र खुर्सानीको धुलो प्रयोग गरी खान सकिन्छ ।

पछिल्लो समय यो व्यावसायिक रूपमा पनि लोकप्रिय हुँदै गएको छ । यसका अरू पनि परिकार हुने भए तापनि चिप्स स्वादिष्ट र स्वास्थ्यवद्र्धक हुने भएकाले प्रायले मन पराउने गर्छन् ।

फाइदा
यसबाट प्रोटिन, चिल्लो पदार्थ, कार्बोहाइड्रेट, सोडियम, सुगर, फाइबर, पोटासियम, म्याग्नेसियम, भिटामिन सी, बीलगायतका पोषण तत्व प्राप्त गर्न सकिन्छ, जुन स्वास्थ्यका लागि निकै फाइदाजनक छ ।

उच्च रक्तचाप नियन्त्रण गर्न, मुटु र मस्तिष्कलाई स्वस्थ राख्नका लागि पनि केराको चिप्स उपयोगी मानिन्छ ।

चिप्स मात्र नभएर केराबाट तरकारी, अचार, मःम, केक, सी–मःमलगायतका परिकार पनि तयार पार्न सकिन्छ ।

तपाईको प्रतिक्रिया