Deneme Bonusu Veren Siteler
बिहिबार, आश्विन १७, २०८१
Thursday, October 3, 2024

काठमाडौं – केरूङ-काठमाडौं रेलमार्ग बनाउन साढे २ खर्ब रूपैयाँ चाहिने एक अध्ययनले देखाएको छ । चिनियाँ प्राविधिक टोलीले गरेको प्रारम्भिक अध्ययनले केरूङ-काठमाडौं रेलमार्ग बनाउन साढे २ खर्ब रूपैयाँ चाहिने देखाएको हो ।

जेठ दोस्रो साता चिनियाँ टोलीले गरेको प्रारम्भिक अध्ययनको रिपोर्टअनुसार ७२.२५ किलोमिटर लामो रेलमार्ग बनाउन २ खर्ब ५७ अर्ब रूपैयाँ लाग्ने देखिएको छ । साथै उक्त रेलमार्ग ९ वर्षमा बन्ने पनि अध्ययनले देखिएको रेल वे विभागका सूचना अधिकारी प्रकाशभक्त उपाध्यायले जानकारी दिनुभयो । उपाध्यायका अनुसार चिनियाँ कम्पनी चाइना रेलवे फर्स्ट सर्भे एन्ड डिजाइन इन्स्टिच्युटले गरेको अध्ययनको रिपोर्ट सोमबार सार्वजनिक हुँदैछ । कम्पनीले सिआनमा हुने एक कार्यक्रममा नेपाली पक्षलाई रिपोर्ट हस्तान्तरण गर्नेछ ।

सो कार्यक्रममा सहभागी हुन भौतिक पूर्वाधार मन्त्रालयका सचिव मधुसुदन अधिकारी नेतृत्वको टोली चीनमा छ । अहिले नै विस्तृत विवरण आइनसकेको भन्दै उहाँले टोलीले रिपोर्ट ल्याएर आएपछि धेरै कुरा थाहा हुने बताउनुभयो । उहाँका अनुसार चिनियाँ अध्ययन प्रतिवेदनमा यो रेलमार्गको ९८.५ प्रतिशत भागमा पुल र टनेल हुने उल्लेख गरिएको छ ।

प्रारम्भिक अध्ययनको सबै खर्च चिनियाँ पक्षले नै ब्यहोरेको थियो । असार पहिलो साता चीन भ्रमणमा गएका प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेटमा राष्ट्रपति सी चीनफिङले चिनियाँ रेल काठमाडौं पुग्नेमा आफू विश्वस्त रहेको बताउनु भएको थियो ।

तपाईको प्रतिक्रिया