Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन १६, २०८१
Wednesday, October 2, 2024

मोरङ – ट्यांकीमा विष हालेको पानी पिउँदा मोरङको लेटाङस्थित एक विद्यालयका १५ जना विद्यार्थी बिरामी परेका छन् । मोरङको लेटाङ जाँतेस्थित श्री माध्यमिक विद्यालयमा मंगलबार बिहान पानी पिउँदा विद्यार्थीहरू बिरामी भएका हुन् ।

सुरुमा ९ जना विद्यार्थी बिरामी भएकोमा पछि उक्त संख्या १५ पुगेको छ । बिरामी विद्यार्थीहरूलाई थप उपचारका लागि उर्लाबारीस्थित मंगलबारे अस्पताल लगिएको प्रधानाध्यापक खमराज दुलालले जानकारी दिनुभयो । विद्यालयको पानी ट्यांकीमा १०० मिलिलिटरको विषादीको बोत्तल भेटिएको छ । साइपर मेथिन ग्रुपको साइपिन नामको कीटनाशक विषादीको बट्टा ट्यांकीमा भेटिएको हो । पानी ट्यांकीमा कसले यस्तो कार्य गर्‍यो भन्नेबारे केही खुलेको छैन ।

इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक युवराज खतिवडाले कसले विष हालेको भन्ने विषयमा अनुसन्धान थालिएको बताउनुभयो । कृषि प्राविधिक देवीप्रसाद भट्टराईले  साइपिन बालीमा लागेका किरा नष्ट गर्न लगाइने विषादी भएको बताउनुभयो । विद्यालयको पानी ट्यांकीमा लेटाङ ८ तेलीखोलाबाट पानी ल्याएर हाल्ने गरिएको बुझिएको छ । विद्यालयमा ४९१ विद्यार्थी अध्ययनरत छन् ।

तपाईको प्रतिक्रिया