Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन १६, २०८१
Wednesday, October 2, 2024

काठमाडौं – नेपाल चिकित्सक संघले भदौ १ गतदेखि डाक्टरहरुले बिरामी नजाँच्ने चेतावनी दिएको छ । पटक-पटकको आग्रहलाई बेवास्ता गर्दै सरकारले मुलुकी ऐन, अपराध संहिता २०७४ र फौजदारी कार्यविधिमा चिकित्सकलाई अपराधीको व्यवहार गरेको भन्दै संघले भदौ १ गतेदेखि सबै चिकित्सकले एप्रोन र प्रमाणपत्र नेपाल मेडिकल काउन्सिलमा बुझाउने चेतावनी दिएको छ ।

अाज विज्ञप्ति निकालेर चिकित्सक संघले उपचारको क्रममा कुनै त्रुटी हुन गएमा पनि चिकित्सकलाई अपराधीसरह कारबाही हुने व्यवस्था गरिएको भन्दै आपत्ति जनाएको छ ।  संघले चिकित्सक पेशाको इज्जत राखिदिन पनि सरकारसँग आग्रह गरेको छ । यो व्यवस्था नसच्चिएसम्म कुनै पनि चिकित्सकले बिरामीको उपचार गर्न नसक्ने चिकित्सक संघको चेतावनी छ । नयाँ मुलुकी ऐन भदौ १ गतेदेखि लागु हुँदैछ । जसमा डाक्टरको लापर्वााहीले बिरामीको ज्यान गएमा ५ वर्षसम्म कैदको व्यवस्था गरिएको छ । 

तपाईको प्रतिक्रिया