Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन १६, २०८१
Wednesday, October 2, 2024

काठमाडौं  – नियमित हाड दुख्नु एक आमसमस्याको रूपमा रहेको छ । खासगरी बढी उमेरका वा अधबैँसे मानिसमा यस्तो समस्या बढी देखिने गर्छ । मेडिकल रिसर्चअनुसार पुरुषको तुलनामा महिलालाई यस्तो समस्याले बढी ग्रसित पार्छ । यद्यपि, हाडमा दुखाइ बोन डिन्सिटी कम हुँदा या कुनै चोटपटक लाग्दा पनि हुने गर्छ । तर, यति मात्र नभएर यस्तो दुखाइ गम्भीर रोगको लक्षण पनि हुन सक्छ ।

जोर्नीमा दुखाइ
– अकस्मात् हाड दुखाइका कैयौँ कारण हुन सक्छन् । चोटपटक लाग्दा, शरीरको कुनै अंगको बढी प्रयोग गर्दा, ब्लड सर्कुलेसनमा बाधा हुँदा यसरी हाड दुख्ने गर्छ ।

-त्यस्तै अर्थराइटिस, गठिया, ल्युपस वा सिकल सेल एनिमियाजस्ता कारणले पनि अचानक जोर्नीको दुखाइको समस्या निम्तिने गर्छ ।

यसकारण दुख्छ
व्यायाममा
पछिल्लो समय फिट रहनका लागि युवाले व्यायामलाई निकै ध्यान दिन थालेका छन् । तर, यसका लागि उनीहरूले विभिन्न डिजिटल मिडियाको सहारा लिने गर्छन् । राम्रो शरीरका लागि जुम्बा र एरोबिक्सजस्ता एक्सरसाइज त गर्छन् तर विनाप्रशिक्षक व्यायाम गर्दा पनि हाडको दुखाइ हुन सक्छ ।

प्रोटिन सप्लिमेन्टमा
युवाले बडीलाई अकर्षक बनाउका लागि कैयौँ प्रकारका प्रोटिन सप्लिमेन्टको प्रयोग गर्छन् । कुनै सप्लिमेन्टमा स्टेरायडको मात्रा हुन्छ । जसले नसा खुम्च्याउने र बोन टिस्यु ड्यामेजसमेत गर्छ । जसले गर्दा हाडको दुखाइ हुने गर्छ ।

अपर्याप्त निद्रा
कसैकसैले काममा मात्र ध्यान दिँदा राति अबेरसम्म सुत्दैनन् । कतिपय मानिस लामो समयसम्म पार्टीमा रहने गर्छन् । जसले गर्दा निद्रालाई प्रत्यक्ष रूपमा प्रभाव पार्छ । जुन जोर्नी दुखाइको कारण बन्ने गर्छ ।

खानामा
फास्टफुड सेवन र धूम्रपान गर्दा यसले जोर्नीमा खराब असर पु-याउने गर्छ । यदि तपाईं हाड दुखाइको समस्याबाट बच्न चाहनुहुन्छ भने दूधजन्य परिकारको सेवन गर्न निकै आवश्यक हुन्छ ।

बसाइको आसनमा
बस्ने आसनले पनि यसमा प्रभाव पार्ने गर्छ । त्यसैले बसाइको मुद्रामा विशेष ध्यान पु-याउन जरुरी हुन्छ । सीधै बस्नुहुँदैन र लामो समयसम्म एकै पोजिसनमा बस्नु पनि हाडका लागि हानिकारक साबित हुन्छ।

सावधानी
-मांसपेशीलाई स्वचालित बनाउन र हाड दुखाइको समस्याबाट बच्न हरेक २० मिनेटमा आसनबाट उठ्न जरुरी हुन्छ ।

-डेस्कमा काम गर्दा मानिसले लामो समयसम्म एउटै स्थितिमा रहने गर्छन् । यसबाट पनि बच्न जरुरी हुन्छ ।

-हल्का स्ट्रेचिङ गर्नुपर्छ ।

-शरीरलाई घुमाउने, छिनछिनमा टाउको अगाडि–पछाडि गर्नेजस्ता गतिविधि गर्नुपर्छ ।

-क्याल्सियमयुक्त भोजन सेवन गर्नुपर्छ । जसमा दही, दूध, पानी, सोयाबिन, साग, ब्रोकाउली आदि पर्छन् ।

-यदि तपाईंमा लामो समयसम्म हाड दुख्ने समस्या छ भने चिकित्सकलाई देखाउन भुल्नुहुँदैन ।

तपाईको प्रतिक्रिया