Deneme Bonusu Veren Siteler
बिहिबार, आश्विन १७, २०८१
Thursday, October 3, 2024

काठमाडाैं – मापदण्डविपरीत राँगाभैसी, खसीबोका, कुखुराजस्ता मासुजन्य जनावर ढुवानी गर्नेमाथि सरकारले कारबाही थाल्ने निर्णय गरेको छ । पशुसेवा विभागले पशु ढुवानी मापदण्ड ०६४ विपरीत राँगाभैसी, खसीबोका, कुखुराजस्ता जनावर र पक्षी ढुवानी गरे ५० हजार रुपैयाँसम्म जरिवाना गर्ने निर्णय गरेको हो ।

सो निर्णयसँगै अब पशु ढुवानी गर्दा नाक तथा पुच्छरमा बाँध्न तथा मापदण्डले निर्धारण गरेको संख्या र सवारीसाधनको क्षमताभन्दा बढी ढुवानी गर्न पाइनेछैन । विभागले सो निर्णय कार्यान्वयन भइसकेको र ट्राफिक प्रहरीलाई चेकजाँचमा कडाइ गर्न पत्राचार गरिसकेको जनाएको छ । ढुवानीका क्रममा जनावरमाथि क्रूर व्यवहार भएकाले त्यसलाई रोक्न विभागले कारबाही थालेको हो । ढुवानीका क्रममा जनावारमाथि यतना र क्रूर व्यवहार बढ्दै गएपछि पशु कल्याण अभियन्ताको दबाबमा विभागले पशु ढुवानी मापदण्ड ०६४ अनुसार कारबाही गर्ने प्रतिबद्धता जनाएको हो ।

खसीबोका  डिकीमा राख्न रोक
विभागले छत तथा डिकीमा खसीबोका ढुवानी गर्नेलाई पनि १० देखि ५० हजारसम्म जरिवाना गर्ने जनाएको छ । ‘पशुकल्याण अन्तर्राष्ट्रिय मुद्दा भएकाले पशु ढुवानी गर्दा संवेदनशील हुनुपर्ने स्थिति आएको छ,’ पशु सेवा विभागका महानिर्देशक डा. विमलकुमार निर्मलले भने, ‘अब राँगाभैँसीको ढुवानीमा भइरहेको लापरबाहीको अनुगमन गरी १० देखि ५० हजारसम्म जरिवाना गर्छौं ।’ मासुका लागि काठमाडौं उपत्यकामा मात्र दैनिक करिब एक हजार राँगाभैसी भित्रने गरेका छन् ।

विभागले सार्वजनिक सवारीका डिकी तथा छतमा राखेर खसीबाख्राको ढुवानी गर्नसमेत रोक लगाएको जनाएको छ । विभागले मापदण्डविपरीत पशु ढुवानी गर्नेलाई कारबाही गर्ने निर्णयमा सघाउन नेपाल प्रहरी र ट्राफिक प्रहरीले समेत प्रतिबद्धता जनाएको बताएको छ । ११ वर्षअघि पशु ढुवानी मापदण्ड ०६४ बने पनि कार्यान्ययन भएको थिएन ।

तपाईको प्रतिक्रिया