Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन १६, २०८१
Wednesday, October 2, 2024

काठमाडौं  – स्तनपानले मात्र शिशुलाई फाइदा हुँदैन । यसले आमाको कैयौँ क्यालोरी जलाउँछ, जसले गर्दा तौल बढ्नबाट बच्न सकिन्छ ।
स्तनपानका क्रममा आक्सिटोसिन हर्मोन रिलिज हुन्छ । जसले युट्रसलाई पुरानै अवस्थामा फर्काउने काम गर्छ । त्यस्तै, डेलिभरीपछि हुने युट्रसको ब्लिडिङलाई पनि रोक्ने काम गर्छ ।
नियमित स्तनपान गराउँदा ब्रेस्ट क्यान्सरको खतरा पनि कम भएर जान्छ ।

कैयौँ अनुसन्धानअनुसार स्तनपान गराउँदा टाइप–टु डायबिटिज, रुमेटाइड अर्थराइटिस र मुटुरोगबाट पनि बचाउने काम गर्छ ।

जिनमै उच्च रक्तचाप र हाई कोलेस्ट्रोलको समस्या छ भने नियमित स्तनपान गराउँदा यसमा पनि राहत मिल्छ ।

स्तनपानका दौरान प्रोलेक्टिन हर्मोन रिलिज हुने गर्छ । जसका कारण आमालाई रिल्याक्स अनुभूति हुनुका साथै ध्यान केन्द्रित गर्न पनि मद्दत पुग्छ ।

तपाईको प्रतिक्रिया