Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ११, २०८१
Friday, September 27, 2024

काठमाडाैं – जापानको तामुरा सिटी र एथ्लेट सोसाइटीले नेपाली खेलाडीलाई सहयोग गर्ने भएका छन् । सन् २०२० मा जापानमा आयोजना हुने टोकियो ओलम्पिक खेलकुदसम्म नेपाली खेलाडीले प्रशिक्षणको मौका पाउनेछन् । अाज सातदोबाटोस्थित नेपाल ओलम्पिक कमिटीमा आयोजित कार्यक्रममा त्यो सम्झौता भएको हो ।

सम्झौता पत्रमा नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ र एथलेट सोसाइदीका महासचिव डा. ओकी शोकोले हस्ताक्षर गरेका थिए । सम्झौताअनुसार फुकुसिमामा रहेको तामुरा सिटीले ओलम्पिकमा छनोट हुने सम्भावना भएका खेल र खेलाडीलाई प्रशिक्षण प्रदान गर्नेछ । जुन प्रशिक्षण जापान वा नेपाल दुवैमा हुन सक्नेछ ।

नेपाली खेलाडीलाई एथ्लेट सोसाइटीले प्रशिक्षण लगायत प्राविधिक पक्षमा सहयोग गर्नेछ भने तामुरा सिटीले आर्थिक सहयोग गर्ने नेपाल ओलम्पिक कमिटीका अध्यक्ष श्रेष्ठले जानकारी दिए । अध्यक्ष श्रेष्ठले म्याराथन प्राथमिकतामा रहेको बताए । सम्झौताअनुसार शनिबारबाटै तामुरा सिटी र एथलेट सिटीले म्याराथनको प्रशिक्षण सुरु गर्नेछ ।

राथनको प्रशिक्षण युरिका नाकामुराले गर्नेछिन् । उनले सन् २००८ को बेइजिङ ओलम्पिकमा सहभागिता जनाएकी थिइन् । ***

तपाईको प्रतिक्रिया