Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन १६, २०८१
Wednesday, October 2, 2024

काठमाडौं –  पायल्सलाई मेडिकल भाषामा हेमराइड्स भन्ने गरिन्छ । यस्तो समस्या भएमा मलद्वारको भित्री र बाहरी भाग र मलाशयको तल्लो भागका शिराहरू सुन्निने गर्छ । जसका कारण एनसको भित्र र बाहिर या कुनै एक ठाउँमा मस्साको जस्तो दाना बन्ने गर्छ । यस्तो मस्सा कहिले भित्र रहन्छ भने कहिले बाहिरै निस्कन्छ ।

उमेर बढ्दै जाँदा पायल्सको समस्या पनि थप विकसित हुँदै जान्छ । यस्तो समस्या परिवारको कुनै सदस्यमा छ भने सन्ततिलाई पनि हुने सम्भावना हुन्छ । विशेषगरी यो समस्या मानिसको जीवनशैलीसँग जोडिएको हुन्छ । धेरैजसो व्यक्तिले मलद्वारसम्बन्धी प्रायः रोगलाई पायल्सको रूपमा लिने गर्छन् । तर, मलद्वारका अरू कैयौं रोग पनि हुन्छन्, जुन पायल्स नभई फिसर पनि हुन सक्छ ।

फिसर कहिलेकाहीँ एनसको वरिपरिको क्षेत्रमा चिरिएकोजस्तो स्थिति बन्न जान्छ । जसलाई फिसर भनिन्छ । यो दरार सानो पनि हुन सक्छ र ठूलो पनि । यसबाट पनि दिसा गरेपश्चात् रगत आउँछ ।

लक्षण
– एनसको वरिपरि कडा प्रकारको गाँठोको महसुस हुनु,
– यस्तो गाँठोमा रगत जमेको पनि हुने गर्छ । जसले गर्दा एनस निकै दुख्ने पनि गर्छ ।
–  दिसापछि पेट सफा नभएको महसुस हुनु,
– ट्वाइलेट बस्ने समय निकै पीडाको अनुभूति हुनु,
– मलद्वारमा कुनै तिखो सिन्काले घोचेजस्तो लाग्नु,
– दिसा लागे पनि ट्वाइलेट जान हिच्किचाइरहनु,
– दिसासँगै रगत बग्नु, एनसको वरिपरि चिलाउनु, उक्त क्षेत्र रातो हुनु र सुन्निनु आदि ।

कारण
– पुरानो कब्जियत हुनु र दिसा गर्दा बढी जोड लगाउनु,
– लगातार या बारम्बार झाडापखाला लाग्नु,
– लगातार वजनदार चिज उठाउनु,
– मोटोपना,
– निष्क्रिय र अस्वस्थकर जीवनशैली,
– गर्भावस्थामा पनि अधिकांश महिलामा पायल्सको समस्या
देखिने गर्छ ।

सल्लाह
– कब्जियत नै पायल्स हुनुको प्रमुख कारण हो । त्यसैले यसबाट बच्न भरपूर मात्रामा हरियो रेसादार सागपात र तरकारीको प्रयोग गर्नुपर्छ ।
– सिजनअनुसारका फलफूल खानुका साथै प्रशस्त मात्रामा पानीको प्रयोग गर्नुपर्छ । यसले दिसा सफ्ट हुन्छ । जसले गर्दा कहिल्यै कन्नुपर्ने
बाध्यता हुँदैन ।
– सफ्ट र मोस्चरयुक्त ट्वाइलेट पेपरको प्रयोग गर्नुपर्छ ।
– जहिले पनि खुकुलो अन्डरवेयर लगाउने बानी बसाउनुपर्छ । किन कि, टाइट अन्डरवेयरका कारण पायल्स (डल्लो) मा घर्षण हुन सक्छ, जसले गर्दा बिरामीलाई अप्ठ्यारो महसुस हुन्छ ।
– पायल्सका बिरामीलाई मल त्याग गरेपश्चात् पनि अझै दिसा बाँकी रहेको अनुभव हुन्छ । यस्तो अवस्थामा मानिसले जोडले कन्ने गर्छन् । ***

तपाईको प्रतिक्रिया