Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन १६, २०८१
Wednesday, October 2, 2024

काठमाडौं  – कतिपय मानिसको छाला अत्यधिक चिल्लो हुन्छ । अनुहारमा बढी फ्याट भएमा यस्तो समस्या हुन्छ । उमेर बढ्दै जाँदा यस्तो समस्याले अनुहारको सौन्दर्यमा बिस्तारै ह्रास ल्याउन थाल्छ । तर, यस्तो समस्याबाट मुक्त हुन घरेलु उपचारको पनि सहायता लिन सक्नुहुन्छ । त्यसका लागि गर्नुस् यस्ता गतिविधि :

अनुहारको फ्याट हटाउन कपडाले पुछ्न सकिन्छ । पहिला मनतातो पानीमा टावेल डुबाउनुस् र त्यसलाई बल गरेर निचोर्नुस् । अनि आरामसँग आफ्नो अनुहार सफा गर्नुस् । रातमा सुत्नुभन्दा एक घन्टा पहिले १५ मिनेटसम्म यस्तो गतिविधि गर्दा अनुहारको फ्याट घट्दै जान्छ ।


सुन्दा अचम्म लाग्न सक्छ तर चपाउने बानीले पनि अनुहारको फ्याट हटाउनमा भूमिका खेल्छ । चुइगम चपाउने बानीले पनि अनुहारको फ्याट घट्न सघाउ पु¥याउँछ । लामो समयसम्म कुनै चिज चपाउँदा अनुहारमा दुखाइ हुन्छ, जसले फ्याट कम गर्न मद्दत गर्छ । यस्तो गतिविधिलाई निकै राम्रो फेसियल एक्सरसाइजका रूपमा पनि लिइन्छ ।

यस्तो समस्या भएका मानिसले भुलेर पनि दिनमा सुत्ने बानी गर्नुहुँदैन । र, रातमा सुत्नुभन्दा करिब दुई घन्टाअघि खाने बानी गर्नुस् । ताकि शरीरले राम्रोसँग पचाउन सकोस् । यसका साथै रातमा पर्याप्त निद्रा पनि लिन पनि जरुरी हुन्छ ।

यसै पनि व्यायामलाई जीवनको मुख्य अंग बनाउन जरुरी छ । यसले मानिसलाई स्वस्थ राख्न मद्दत गर्छ । दैनिक ३० मिनेटसम्म एक्सरसाइज गर्ने बानीले अनुहारको अनावश्यक फ्याट घट्न पनि मद्दत पुग्छ । यसका लागि जगिङ, स्विमिङ, वाकिङ गर्न सकिन्छ । यसरी एक्सरसाइज गर्दा तौल घट्न समेत  सघाउ पुग्छ ।

तपाईको प्रतिक्रिया