Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन १६, २०८१
Wednesday, October 2, 2024

काठमाडों  – दाँत सिरिङसिरिङ हुने धेरैको समस्या हो । कतिपय मानिसलाई गुलियो पदार्थको प्रयोग गर्दा पनि दाँत दुख्ने गर्छ । यस्तो समस्यालाई मेडिकल भाषामा ‘हाइपर सेन्सिटिभिटी’ भनिन्छ । यो एक प्रकारको दुखाइ हो । जुन दाँतको बीचको तह डेन्टिन देखिएर हुने गर्छ । यस्तो समस्यालाई तातो, चिसो खान, ब्रस गर्दा वा छुँदा, औषधि, रसायन, गुलियो पदार्थको सेवनले बढाउने गर्छ । यी हुन् हाइपर सेन्सिटिभिटीका कारण :

मानिसले दैनिक दाँत ब्रस गर्छन् । तर, गलत तरिकाले दाँतको ब्रस गर्दा भने यस्तो समस्या निम्तने गर्छ ।
दन्तब्रस र दन्तमञ्जन गुणस्तरीय नहुनु ।
अम्लीय खाद्य पदार्थजस्तो कागती, अंगुरलगायतको प्रयोगले पनि यस्तो समस्या हुन्छ ।
सुर्तीजन्य पदार्थको प्रयोगले पनि यस्तो समस्या हुन्छ ।
गलत र जोड लगाएर ब्रस
गर्दा पनि सिरिङसिरिङ हुने
समस्या हुन्छ ।
सुर्ती चपाउने बानी पनि कहिल्यै गर्नुहुँदैन । जसले यस्तो समस्या निम्त्याउने गर्छ ।
अत्यधिक अमिलो पदार्थको सेवनले पनि यस्तो हुन्छ । त्यसैले अचार, कोल्डड्रिंक्सजस्ता पदार्थको बढी प्रयोग गर्नुहुँदैन ।

सावधानी
दाँतको दुखाइ छुट्याई हाइपर सेन्सेटिभ क्षेत्रको निदान गर्नुपर्छ । र, नियन्त्रणको उपायतर्फ लाग्नुपर्छ ।
बिरामीले घरमै प्रयोग गर्न सक्ने रासायनिक पदार्थहरू जस्तो कि फ्लोराइड, पोटासियम क्लोराइड, नाइट्रेड,
स्ट्रोन्टियम क्लोराइड, सोडियम साइट्रेट, डाइक्याल्सियम फस्फेटयुक्त मलम, माउथवास वा मञ्जनको प्रयोग गर्ने ।
त्यसैगरी बर्निसिङ, सिलिङ कम्पाउन्ड, भारनिस सिमेन्ट, लेजर म्युकोजिन्जाइभल ग्राफ्ट, डेन्टिन ब्रोन्डिङ एजेन्ट र आयोनटोफोरेसिस गरी यस्तो समस्याबाट मुक्त हुन सकिन्छ ।

बच्न
दाँत नियमित राम्रोसँग सफा गर्ने,
नरम खालको ब्रस प्रयोग गर्ने,
धुलो मञ्जनको प्रयोग नगर्ने, जहिले पनि गुणस्तरीय मञ्जनले दाँत माझ्ने,
बल लगाएर दाँत नमाझ्ने,
धेरै साह्रो र अमिलो नखाने,
कोल्डड्रिंक्स नखाने,
सुर्तीजन्य पदार्थ प्रयोग नगर्ने ।

तपाईको प्रतिक्रिया