Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन १६, २०८१
Wednesday, October 2, 2024

काठमाडों  – हामीले खाने हरेक कुराले कलेजोलाई प्रत्यक्ष प्रभाव पारिरहेको हुन्छ । हामीले खाने खानासँग कलेजोको आयु पनि जोडिएको हुन्छ । स्वस्थ कलेजोले रगतमा सुगरको मात्रा मेन्टेन गर्दै रगतको चापलाई कन्ट्रोल गर्ने काम गर्छ । तर, हामीले खानामा गलत कुरा रोज्यौँ भने कलेजो नै ड्यामेज हुने सम्भावना बढ्छ । त्यसैले कलेजोलाई स्वस्थ बनाउनका लागि खानामा विशेष ध्यान दिन जरुरी हुन्छ । कलेजो ड्यामेज हुने पाँच कारण :

ज्ञबढी तौल पूरै स्वास्थ्यका लागि नै हानिकारक मानिन्छ । यद्यपि, यसले कलेजोमा पनि क्षति पुग्न जान्छ । बढी तौलका कारण कलेजोलाई चाप बढ्छ । जसले, कलेजोमा बोसो जम्मा हुने सम्भावना बढी
हुन्छ । परिणाम कलेजो नै ड्यामेज हुन सक्छ ।

द्दधरैलाई यसबारे जानकारी नहुन सक्छ । तर, बढी गुलियोले पनि कलेजो ड्यामेज गर्नमा महत्वपूर्ण भूमिका निर्वाह गर्छ । चिनी मानव स्वास्थ्यका लागि आवश्यक पदार्थ भए पनि यसको बढी सेवन विष बन्छ । यसले शरीरमा बोसोको मात्रालाई बढाउने काम गर्छ । र, बोसो कलेजोमा जम्मा हुन जान्छ । जसले कलेजो नै ड्यामेज हुने खतारा हुन्छ ।

प्रायःलाई जानकारी भएको कुरा हो, मदिरापानले कलेजोमा असर पुग्छ । मदिराको अत्यधिक सेवनले शरीरमा ट्राक्सिन्सको मात्रा बढ्दै जान्छ । जुन मानव स्वास्थ्यका लागि हानिकारक मानिन्छ । बिस्तारै यो ट्राक्सिन्स कलेजोमा जम्मा हुन्छ, जुन कलेजोका लागि अत्यन्तै खतरनाक मानिन्छ ।

पछिल्लो समय सामान्य दुखाइमा पनि पेनकिलरको प्रयोग गर्ने मानिसको संख्या बढ्दो छ । तर, पेनकिलर लामो समय प्रयोग गर्नु आफैँमा रोग निम्त्याउनु हो । पेनकिलरको बढी प्रयोगले थुप्रै साइड इफेक्ट त निम्त्याउँछ नै, यसले फेक्सोका लागि पनि विषको काम गर्छ । जसका कारण कलेजो नै ड्यामेज हुन सक्छ ।

अस्वस्थकर जीवनशैलीका कारण संसारभर अनिद्राको समस्या बढ्दो  छ । कतिपय मानिसहरु यस्ता छन्, जो स्लिपिङ ट्याब्लेटविना निदाउन सक्दैनन् । तर, चिकित्सकको सल्लाहविना स्लिपिङ ट्याब्लेटको कहिल्यै प्रयोग गर्नुहुँदैन । यसको बढी प्रयोगले कलेजोलाई तत्काल असर पु¥याउँछ । भिटाभिन ‘ए’को बढी प्रयोग पनि कलेजोका लागि हानिकारक मानिन्छ । त्यसैले, चिकित्सकको सल्लाहअनुसार मात्र स्लिपिङ ट्याब्लेट र भिटामिन ‘ए’को प्रयोग गर्नु उचित हुन्छ ।

तपाईको प्रतिक्रिया