Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन १६, २०८१
Wednesday, October 2, 2024

काठमाडौं -प्रस्तावित मेडिकल कलेज ‘बिएन्डसी’का दुर्गा प्रसाईं र पूर्व स्वास्थ्यमन्त्री गगन थापाले दिएको अभिव्यक्तिका कारण बंगलादेशमा अध्ययनरत विद्यार्थी तथा अभिभावकमा नकारात्मक असर पुगेको भन्दै ‘नेप्लिज स्टुडेन्ट एसोसिएसन बंगलादेश’ले कारबाहीको माग गरेको छ ।

एसोसिएसनले व्यापारी प्रसाईं र नेता थापाको टिप्पणीमा कुनै सत्यता नरहेको पनि बताएको छ । जारी प्रेस विज्ञप्तिमा प्रसाईंमाथि कानुन बमोजिम कारबाही र थापामाथि स्पष्टीकरण तथा माफीको माग गरिएको छ । साथै, अाज ढाकास्थित नेपाली दूतावासमा ज्ञापनपत्र बुझाउने, १७ गते ढाकामा सांकेतिक विरोध जनाउने र १८ गते दूतावासमा धर्ना कार्यक्रम तय गरिएको छ ।

मेडिकल व्यापारी प्रसाईंले बंगलादेशमा पढ्न जाने छात्रा विद्यार्थीमाथी अवाञ्चित आरोप लगाएका थिए भने नेता थापाले बंगलादेश पढ्न जाने ९० प्रतिशत विद्यार्थी सर्टिफिकेट पक्का भएपछि मात्र जान्छन् भन्ने अभिव्यक्ति दिएकाे अाराेप छ । 

तपाईको प्रतिक्रिया