Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन १६, २०८१
Wednesday, October 2, 2024

काठमाडाैं – चितवनको भरतपुरस्थित बीपी कोइराला क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा.विजयचन्द्र आचार्य विरुद्ध सर्वोच्च अदालतमा परेको रिट खारेज भएको छ । डा. आचार्य विरुद्ध अस्पतालका चिकित्सक डा.लक्ष्मीनारायण सिंह लगायत सात जनाले सर्वोच्चमा दायर गरेको रिट आज खारेज भएको हो ।

डा. आचार्यको नियुक्ति नियम विपरीत भएको भन्दै बदर हुनुपर्ने माग सहित डा.लक्ष्मीनारायण सिंह लगायत सात जनाले गत वर्षको जेठ १ गते सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराएका थिए । सर्वोच्च अदालतका न्यायाधीस प्रकासमान सिंह राउत र बमकुमार श्रेष्ठको संयुक्त इजलासले आज रिट निवेदन खारेज हुने फैसला गरेको हो ।

अस्पताल सञ्चालक समितिले डा.आचार्यलाई गत वर्षको बैशाख २४ गते कार्यकारी निर्देशक पदमा नियुक्त गरेको थियो । त्यसको भोलिपल्ट डा.आचार्यले पद बाहाली गर्नु भएको थियो । सञ्चालक समितिले पहिलो पटक कार्ययोजना सहित कार्यकारी नियुक्ति गरेको थियो । क्यान्सर अस्पतालको कार्यकारी निर्देशकको पदावधी तीन वर्षको हुने व्यवस्था छ ।

तपाईको प्रतिक्रिया