Deneme Bonusu Veren Siteler
मंगलबार, माघ ०१, २०८१
Tuesday, January 14, 2025

काठमाडाैं – प्रोटिन मानिसको स्वास्थ्यका लागि महत्वपूर्ण तत्व हो। यसले शरीरको कोशिका निर्माण र मर्मतमा ठूलो भूमिका निर्वाह गर्छ। यो हरेक उमेरका मानिसलाई आवश्यक हुन्छ। गर्भावस्थामा प्रोटिन बढी आवश्यक हुन्छ। शिशुको निर्माण प्रक्रियामा पनि यसको अहम् भूमिका हुन्छ। मानिसको पूरै जीवनमा प्रोटिन धेरथोर आवश्यक भइरहन्छ। यसैले हाम्रो खानामा पनि कुनै न कुनै प्रोटिनजन्य खाद्यपदार्थ सामेल गराइएको हुन्छ। थाहा पाऔं प्रोटिन बढी पाइने खानेकुराहरु :-

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

एकदिनमा कति प्रोटिन जरुरी ?
युनाइटेड स्टेट डिपार्टमेन्ट अफ एग्रीकल्चका अनुसार शरीरको तौलको हिसाबमा प्रतिदिन ०.८ ग्राम प्रोटिन जरुरी हुन्छ। उदाहरणका लागि यदि तपाईंको तौल ६० किलो छ भने ४८ ग्राम (६० किलो गुणा ०.८) प्रोटिन जरुरी पर्छ। यदि स्ट्रेन्थ तालिम गरिरहनुभएको छ भने तौलको हिसाबले प्रतिकिलोग्राम १.५ देखि २ ग्राम प्रोटिन आवश्यक हुन्छ।

सिमी
सिमी प्रोटिनको निकै राम्रो स्रोत हो। पोषणविद् यसलाई प्रोटीनको पावरहाउस पनि भन्छन्। यसमा शरीरलाई आवश्यक फाइबर भरपूरमात्रामा पाइन्छ। सुकाइएको र हरियो सबै खालका सिमीमा प्रोटिन पाइन्छ। यसमा पर्याप्तमात्रामा भिटामिन ए, सी, के र बी ६ पाइन्छ। यो फोलिक एसिडको पनि राम्रो स्रोत हो। यसका अलावा क्याल्सियम, सिलिकन, आइरन, म्यांगनिज, बिटा क्यारोटिन, प्रोटिन, पोटासियम र कपर पायन्छ। एक कप उमालिएको सिमीमा करिब ७ ग्राम  प्रोटिन हुन्छ ।

माछा
एमिनो एसिड भरपूर पाइने भएकाले माछा प्रोटिन एक राम्रो स्रोत हो। माछामा लाइसिस र थ्रियोयिन तत्व पाइन्छ। साना माछा हड्डीसमेत उपभोग गर्नाले क्याल्सियम पनि राम्रो पाइन्छ। माछामा पाइने स्याचुुरेटेड फ्याट, अधिक मात्रामा प्रोटिन र ओमेगा ३ फ्याटी एसिडका कारण यो स्वास्थ्यबद्र्धक मानिन्छ। माछामा भिटामिन, खनिजलगायत कयौं प्रकारका पोषक तत्व पाइन्छ।

अण्डा
अण्डा खानाले शरीरका लागि आवश्यक भिटामिन र खनिज पाइन्छ। अण्डामा निकै प्रकारका पौष्टिक तत्व पाइन्छ, जसबाट भिटामिन र प्रोटिन पाइन्छ। १०० ग्राम उमालेको अण्डामा भिटामिन ए १० प्रतिशत, भिटामिन डी २१ प्रतिशत, १८ प्रतिशत भिटामिन बी १२, ५ प्रतिशत भिटामिन बी ६, म्याग्नेसियम २ प्रतिशत, आइरन ६प्रतिशत, सोडियम १२४ मिलिग्राम, पोटासियम १२६मिलिग्राम, कोलेस्टेरोल ३७३ मिलिग्राम र प्रोटिन १३ ग्राम पाइन्छ।

पनिर र डेरी उत्पादन
पनीर, दही, चिजजस्ता डेरी उत्पादनमा प्रोटीन भरपूरमात्रामा पाइन्छ। चिजको तुलनामा पनीर र दहीमा क्यालोरी पनि कम हुन्छ। त्यसैले यी चिज खाँदा डाइट प्लानमा कुनै फरक पर्दैन। गाइको दूूधबाट बनेको १०० ग्राम पनीरमा १८.३ ग्राम प्रोटीन हुन्छ,  जो अण्डाभन्दा कयौं गुणा बढी हो।

उमारिएको गेडागुडी
गहुँ, चना, मुँग, दालजस्ता उमारिएको गेडागुुडीमा प्रोटीन निकै बढी पाइन्छ। एक कप उमारिएको अनाजमा १३ देखि १६ग्रामसम्म प्रोटिन हुन्छ। यसमा क्यालोरी कम हुने हुनाले सलादमा मिसाएर पनि खान सकिन्छ। उमालेर या पकाएर खानाले पनि यसमा भएको प्रोटिनले फाइदा नै दिन्छ। –एजेन्सी

तपाईको प्रतिक्रिया