Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन १६, २०८१
Wednesday, October 2, 2024

काठमाडौं – कतिपयलाई यात्रा गर्दा गाडीमा टाउको दुख्ने, बान्ता हुने, वाकवाकी लाग्नेलगायत हुने गर्छ। केही उपाय अपनाए यात्रा गर्दाका यी समस्याबाट राहत पाउन सकिन्छ ।

– यात्रा गर्नुअघि पेटभरि खानु हुँदैन । खाली पेट पनि यात्रा गर्नु हुन्न । चिल्लो, पिरो, मसला कम भएको खाना खानुपर्छ । यस्तो खाना पच्न समय लाग्छ । जसले गर्दा यात्रामा समस्या आउँछ ।

– कारमा यात्रा गर्दा अगाडि सिटमा बस्दा ठीक हुन्छ ।

– यात्रामा किताब पढ्ने वा मोबाइल चलाउने गर्नु हुन्न । यसो गर्दा रिंगटा र वाकवाकी लाग्न सक्छ । 

– यात्रा गर्दा अदुवाको सानो टुक्रा मुखमा राखेर चुस्दा आराम महसुस हुन्छ । यसबाहेक अदुवा भएको चियाले पनि राहत दिन्छ ।

– यात्रामा पुदिना पनि प्रयोग गर्न सकिन्छ । मिन्ट अइलको केही थोपा रुमालमा हालेर सुँघ्न सकिन्छ ।

तपाईको प्रतिक्रिया