Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन १६, २०८१
Wednesday, October 2, 2024

काठमाडौं–हामीले प्रयोग गर्ने खानाले पनि शरीरमा असर पर्न सक्छ । कुनै व्यक्तिका लागि स्वस्थकर मानिने खाना कतिपयका लागि समस्याको कारण बन्छ । त्यसैले यसबारे विशेष ध्यान दिन आवश्यक हुन्छ । पछिल्लो समय होटेल तथा रेस्टुरेन्टमा खाने संस्कार पनि तीव्र गतिमा बढ्दो छ ।

रेस्टुरेन्ट होस् वा आफ्नो घरमै तयार पारेको खानेकुरा नै किन नहोस्, यस्ता खाद्यपदार्थको प्रयोग गर्दा आफ्नो स्वास्थ्यलाई पनि ध्यानमा राख्न आवश्यक हुन्छ । कतिपय खानाले एलर्जीको समस्या निम्त्याउन सक्छ । तर, यस्ता परिकारले सबैलाई असर गर्छ भन्नेचाहिँ होइन ।

०  गहुँ, जौ, र यसबाट बनेका ग्लुटिनयुक्त खाद्यवस्तुबाट एलर्जीको समस्या हुन सक्छ । जस्तो कि पास्ता, नुडल्स, बेकरीका परिकार ।
०  अन्डा र अन्डाबाट बनेका विभिन्न परिकारले पनि एलर्जी गराउने सम्भावना हुन्छ ।
०  माछा र माछाबाट बनेका विभिन्न परिकार पनि सावधानीका साथ प्रयोग गर्न आवश्यक हुन्छ ।
०  बदाम र बदामबाट बन्ने परिकारले पनि एलर्जीको समस्या हुन सक्छ ।
०  भटमास र भटमासजन्य विभिन्न परिकारबाट पनि एलर्जीको समस्या हुन सक्छ ।
०  दूध र दूधजन्य पदार्थले पनि कतिपयलाई एलर्जीको समस्या हुन सक्छ ।
०  ओखर, आल्मन्ड, काजु, ब्राजिलनट, पिकानटजस्ता खाद्यपदार्थले पनि एलर्जी बनाउन सक्छ ।
०  कतिपयलाई तिल र तिलबाट बनेका परिकारले पनि एलर्जी गराउने समस्या हुन सक्छ ।
०  कतिपय मानिसलाई रायोले पनि एलर्जी गराउन सक्छ । त्यस्ता मानिसले रायोबाट बनेका परिकार सेवन नगर्दा राम्रो हुन्छ ।
०  भुइँकटर पनि एलर्जी गराउने खाना हो ।
०  त्यस्तै सल्फरडाइअक्साइड, सुल्फिटेस, लुफिन र मोल्लुस्क्सले पनि मानिसको शरीरमा एलर्जीको समस्या निम्त्याउन सक्छ ।
०  समुद्रमा पाइने माछा, लबस्टर, गँगटा, मसल्स, क्लाम्पस, स्कलाप, ओेएस्टरजस्ता खाद्यपदार्थले पनि एलर्जीको समस्या निम्त्याउने सम्भावना हुन्छ ।

तपाईको प्रतिक्रिया