भक्तपुर – किशोर र युवाहरुलाई लागुऔषधका रुपमा प्रयोग गर्ने नशालु अवैध औषधि बिक्री गरिरहेको अवस्थामा भेटिएपछि आज भक्तपुरको सूर्यविनायकमा एक औषधि पसलमा शिलबन्दी गरिएको छ ।
वर्गीकृत विज्ञापन
सूर्यविनायक नगरपालिकाले आज आकस्मिक रुपमा गरेको औषधि पसलको अनुमगनका क्रममा विभिन्न नामका अवैध औषधिसहित बरामद गरेपछि सूर्यविनाक नगरपालिका–६ पाण्डुबजारमा रहेको तेजस्वी फार्मेसी शिलबन्दी गरेको छ । नगरपालिकाका प्रशासकीय अधिकृत चिरञ्जीवी तिम्सिनाको नेतृत्वमा जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि, प्रहरी, औषधि व्यवस्था विभागका निरीक्षक, नगरपालिकाको बजार निरीक्षक, जनप्रतिनिधि र पत्रकारसहितको टोलीले आज गरेको औषधि पसलको अनुगमनका क्रममा झोलामा पोका–पोका बनाएर बिक्रीका लागि राखिएको औषधि बरामद गरेको थियो ।
यो फार्मेसीबाट अवैध औषधि बिक्री भइरहेको र कलिला किशोर एवं युवाले नशाका रुपमा औषधि सेवन गर्ने गरेको गुनासो आएपछि नगरपालिकाले आकस्मिक रुपमा पसलमा अनुगमन गरेको तिम्सिनाले जानकारी दिनुभयो ।