Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन १६, २०८१
Wednesday, October 2, 2024

काठमाडौं – १८ दिनदेखि जुम्लामा अनशनरत डा. गोविन्द केसीको मागप्रति ऐक्यबद्धता जनाउँदै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा ओपीडी सेवा ठप्प पारिएको छ । डा. केसीको जीवन रक्षा र उनका माग सम्बोधनको माग गर्दै आकस्मिक बाहेकका सेवा अनिश्चित कालका लागि ठप्प पारिएको प्रतिष्ठानका निर्देशक डा. धर्मराज गोसाईले जानकारी दिनुभयाे ।

डा. केसीका मागप्रति वेवास्ता गरिएको भन्दै उनले माग सम्बोधन नहुँदासम्म सेवा सुचारु नगरिने चेतावनी दिनुभयाे ।  डा. केसीको स्वास्थ्य अवस्था नाजुक बन्दै गएको बताउँदै गोसाईले वार्ता टोलीसँग केसीका माग सम्बोधन गरी चाँडो अनशन तोडाउन आग्रह गर्नुभयो । ओपीडी सेवा अवरुद्ध हुँदा बिरामी मर्कामा परेका छन् ।

उता डा. केसीको स्वास्थ्य अवस्था निकै नाजुक बन्दै गएको उपाचारमा संलग्न चिकित्सकहरुले बताएका छन् । उपचारमा  संलग्न कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाका मेडिकल डाइरेक्टर डा. पुजन रोकायाका अनुसार डा. केसीको घाटीमा संक्रमण देखिए छ । उहाँका हात सुन्निएका छन् भने मुटुको चाल निकै बढेको छ ।

तपाईको प्रतिक्रिया