Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन १६, २०८१
Wednesday, October 2, 2024

काठमाडौं – गर्मी मौषमको समय फलफूल सेवनको लागि निकै उपयुक्त मानिन्छ । यो समयमा बजारमा जताजतै विभिन्न किसिमका फलफूलहरु पाउन सकिन्छ ।

फलफूलको सेवनले गर्मी मौषममा शरीरलाई स्वास्थ्य राख्न मद्यत गर्छ । अधिकांशमा फलफूलमा पानीको मात्रा ज्यादा हुने हुनाले यसले शरीरमा पानीको मात्रा पनि पुरा गर्छ ।

१.अंगूरः

अंगूरमा प्रशस्त मात्रामा एन्टीअक्सिडेन्ट नामक तत्व पाइन्छ, जसले मानसिक तनाव कम गर्नुका साथै शरीरमा भोक तथा प्यास मेटाउन मद्दत गर्छ । अंगूर शरीरलाई शीतलता प्रदान गर्ने एक पौष्टिक तत्व भएको फल पनि हो ।

२.लिचीः

गर्मी मौषममा पाइने फल मध्ये लिची पनि लोकप्रिय फल हो । यो बिशेष गरी ग्रीष्म ऋतुमा मात्र पाइन्छ । यसको सेवनले शरीरलाई शीतलता प्रदान गर्नुका साथै मस्तिष्कलाई चुस्त बनाइ राख्न मद्दत गर्छ ।

३.आँप:

आँपको सेवन स्वास्थ्यका दुष्टिकोणले निकै लाभदायी हुन्छ । यसमा हुने विभिन्न तत्वले शरीरमा शक्ति पैदा गर्छ । आँपलाई २ देखि ३ घन्टासम्म पानीमा डुबाएर खानाले शरीरमा शीतलता प्रदान गर्छ ।

४. खरबुजाः

 

खरबुजामा पानीको मात्रा ज्यादा हुने हुनाले यसको सेवन शरीरमा पानी आपूर्ति गर्छ र यसले शरीरमा शीतलता प्रदान पनि गर्छ । गर्मी मौषममा पाइने फल खरबुजामा हुने तत्वले पेटसम्बन्धी समस्या ९ग्याँस्ट्राइटिस, कब्जियत० बाट मुक्ति मिल्छ । यसको सेवनले शरीरमा थकाइको महसुस कम गर्छ ।

तपाईको प्रतिक्रिया