Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन १६, २०८१
Wednesday, October 2, 2024

काठमाडौं – १० दिनदेखि जुम्लामा अनसनरत डा गोविन्द केसीले प्रधानमन्त्री केपी ओलीसँग फोनमा  वार्ता गर्न अस्वीकार गर्नुभएको छ । आफ्ना मागका विषयमा थप बोल्न नपर्ने भन्दै उनले कुरा गर्न अस्वीकार गर्नुभएको हो ।

आफू स्पष्ट रुपमा सात बुँदे माग राखेर अनसन बसेको बताउँदै ती पूरा नहुन्जेल कुरा गर्नुका अर्थ नरहेको उहाँले बताउनु भएको छ । प्रधानमन्त्री केपी ओलीको सचिवालयले डा. केसीसँग कुराकानीको वातावरण बनाउन नेपाल चिकित्सक संघसँग आग्रह गरेपछि उक्त प्रस्ताव राखिएको थियो । तर, उहाँले आफ्ना मागलाई लिएर थप कुरा गर्न नपर्ने बताउनु भएको हो ।

चिकित्सक संघका तर्फबाट डा केसीको अनसनलाई सहयोग र समर्थन गर्न जुम्ला पुगेका डा प्रकाश बुढाथोकीका अनुसार अहिले कुराकानीका लागि उहाँलाई मनाउने प्रयास भइरहेको छ । डा बुढाथोकीले भन्नुभयो, ‘कुराकानीबाटै समाधान निस्किने भएकाले  प्रधानमन्त्री ओलीसँग कुराकानी  गर्न हामीले सुझाइरहेका छौं ।’

तपाईको प्रतिक्रिया