Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन १६, २०८१
Wednesday, October 2, 2024

काठमाडौं  – मानिस जहाँ जहिले पनि बेहोस हुन सक्छ । त्यस्तो अवस्थामा छेउमै भएका मानिस पनि बढी आत्तिने गर्छन् । तर, यस्तो आवस्थामा बिरामीलाई लाइभ सपोर्टको आवश्यकता पर्छ । जसका लागि नजिकै भएको मानिसको ठूलो भूमिका हुन्छ । उसैको हातमा हुन्छ– कसैको अमूल्य जीवन बचाउने वा नबचाउने निर्णय । उसो भए मानिस कस्तो अवस्थामा बेहोस हुन्छ त ?

विशेषगरी मानिस तीन कारणले बेहोस हुने गर्छन् । पहिलो हो, मस्तिष्कका कारण । मस्तिष्कमा इपिलेप्सी हुँदा, ट्युमरलगायतको कारणले बोहोस हुन सक्छ ।

यस्तो अवस्थामा मानिस बेहोस भए पनि रक्तसञ्चारचाहिँ हुन्छ । किनकि त्यतिवेला मुटुले काम गरिरहेको हुन्छ । यसरी बेहोस भएको मानिसको हात–खुट्टा चल्ने, जिउ तन्किने, मुखबाट फिज आउनेलगायत हुन्छ । यसरी बोहोस भएका मानिसको नाडी र पल्स पनि चलेको हुन्छ ।

अर्कोचाहिँ मुटुको कारणले बेहोस हुन्छन् । जसलाई कार्डियो सिंकोप पनि भनिन्छ । यस्तो अवस्थामा मानिसको रक्तसञ्चार नै रोकिन्छ । किनभने, मानिसमा रक्तचाप यतिसम्म हुनुपर्छ, जसले मस्तिष्कमा रक्तसञ्चार गर्न सकोस् । यस्तो अवस्थामा मस्तिष्कमा रगत पुगेको हुँदैन ।

प्रायः उभिइरहेको अवस्थामा यस्तो समस्या हुन्छ, सुतिरहेको मानिसमा भने निकै कम हुन्छ । अचानक मुटु, मुटुको चाल बन्द भएर यस्तो समस्या हुन्छ । अनि केही सेकेन्ड वा मिनेटमै उसको श्वासप्रश्वास बन्द हुन्छ । अनि रक्तसञ्चार पनि हुँदैन । यस्ता मानिसको समयमै उपचार भएन भने मृत्युसमेत हुन सक्छ ।

बेहोसीको अर्को कारण पनि हुन्छ । मस्तिष्कमा अक्सिजनकोे कमी, गर्मी, बढी पसिना, उच्च रक्तचापको औषधि अत्यधिक सेवनलगायतका कारणले बोहोसीको समस्या हुन्छ । यस्तो समस्या त्यति खतरा हुँदैन । केही समयपछि आफैँ होसमा आउने गर्छन् ।

रातको समय ट्वाइलेट गएको अवस्थामा, गाडीमा वा हिँड्दाहिँड्दै यस्तो समस्या निम्तिन सक्छ । यस्तो अवस्थामा लाइभ सपोर्टको जरुरत पर्छ । यसरी बेहोस भएका मानिसलाई राम्रोसँग लाइभ सपोर्ट नगरेको आवस्थामा मृत्युसमेत हुने सम्भावना हुन्छ ।

तपाईको प्रतिक्रिया