Deneme Bonusu Veren Siteler
सोमबार, पौष २९, २०८१
Monday, January 13, 2025

काठमाडौं – नेपाल पत्रकार महासंघले श्रमजीवी पत्रकारको तलब दोब्बर गराउन माग गरेको छ । पत्रकारको न्यूनमत पारिश्रमिक ४० हजार रुपैयाँ निर्धारण गर्नुपर्ने माग गर्दै आइतबार महासंघले न्यूनतम पारिश्रमिक निर्धारण समितिका सदस्यसचिव बालकृष्ण घिमिरेलाई पाँच बुँदे मागपत्र बुझाएको हो ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

नेपाल पत्रकार महासंघका सचिव तथा महासंघको श्रमजीवी हित प्रबर्द्धन समितिका संयोजक रामप्रसाद दाहालको नेतृत्वमा गएको टोलीले सदस्य सचिव घिमिरेलाई भेटी उक्त पत्र बुझाएको हो । मागपत्र बुझाउँदै समितिका संयोजक दाहालले उल्लेखित माग तत्काल पूरा नगरिए आगामी साउन महिनादेखि न्यूनतम पारिश्रमिक निर्धारण समितिविरुद्ध दबाबमूलक कार्यक्रम संचालन गर्ने बतानुभयाे ।

महासंघले पारिश्रमिक पुनरावलोकन सिफारिस २०७५ साउन १ गतेदेखि लागू गर्ने गरी सिफारिस प्रतिवेदनमै उल्लेख गर्नुपर्ने, देशभर स्ट्रिन्जरका रुपमा कार्यरत श्रमजीवी पत्रकारहरुलाई व्यवस्थित गर्न एउटै मिडियामा ५ वर्ष निरन्तर काम गरिसकेका सबैलाई न्यूनतम पारिश्रमिकको मापदण्डमा ल्याउनुपर्ने, पारिश्रमिक भुक्तानी महिना मरेको पहिलो हप्ताभित्रै बैकिङ प्रणालीबाट गर्ने स्पष्ट मापदण्ड तोकिनुपर्ने र नयाँ पारिश्रमिक लागू भएसँगै संचार प्रतिष्ठानले लागू गरेको प्रमाणित कागजात न्यूनतम पारिश्रमिक निर्धारण समिति वा प्रेस रजिष्ट्रार समक्ष पेश गर्ने प्रावधान राख्न माग गरेको छ ।

सरकारले लागू गरेको मितिदेखि नयाँ पारिश्रमिक भुक्तान नगर्ने मिडिया हाउसलाई कारबाहीको स्पष्ट आधार खुलाउनुपर्ने माग समेत पत्रकार महासंघको छ ।

तपाईको प्रतिक्रिया