Deneme Bonusu Veren Siteler
बिहिबार, आश्विन १७, २०८१
Thursday, October 3, 2024

काठमाडाैं – व्यापार तथा पारवहन सम्झौता कार्यविधिबारे छलफल गर्न बेइजिङ जान लागेको टोलीका अधिकारीहरूले चीनसँग तीनवटा समुद्री बन्दरगाह प्रयोगको माग गर्ने बताएका छन् । दुई देशका अधिकारीबीच मंगलवारदेखि दुईदिने वार्ता हुँदैछ ।

चीन हुँदै तेस्रो मुलुकबाट आयात गरिने सामान स्वदेश ल्याउन सबैभन्दा छोटो दूरी पर्ने र ती सामान ढुवानी गर्न सडकको पनि राम्रो सुविधा भएका बन्दरगाह छनोट गर्न सरकारलाई व्यवसायीले सुझाव दिएका छन् । दुई वर्षअघि प्रधानमन्त्री ओलीको चीन भ्रमणका क्रममा व्यापार तथा पारवहन सम्झौता भएको थियो । त्यसयता उक्त विषयमा थुप्रै छलफल भएको र नेपालले तयार पारेको ‘प्रोटोकोल’ मस्यौदा चीन पठाइसकेको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता रविशंकर सैंजुले बताए ।

मंगलवार शुरू हुने वार्तामा नेपालले उठाउने मुद्दाबारे सैंजुले भने, “वार्तामा बन्दरगाह प्रयोग गर्ने र आयात-निर्यातको प्रक्रियाबारे छलफल हुनेछ। हामीले तीनवटा समुद्री बन्दरगाहको प्रयोग माग्ने हो । साथै सुक्खा बन्दरगाहको प्रयोग पनि माग गरेका छौँ ।” भारतको तुलनामा चीनबाट सामान ल्याउन समय र खर्च दुवै कम लाग्ने गरी बन्दरगाह रोज्नु उपयुक्त हुने नेपाल चीन उद्योग वाणिज्य संघका अध्यक्ष राजेशकाजी श्रेष्ठले बताए । उनले भने, “जहाँबाट सिगात्से र रसुवाको रेल जोड्न सकिन्छ त्यहाँ नजिकको बन्दरगाह हामीलाई राम्रो हुन्छ। त्यसले कम खर्चमा सामान ल्याउन सकिन्छ ।”

पछिल्लो समय भारतका बन्दरगाहमा निकै भिडभाड हुन थालेको परिस्थितिमा चीनबाट पनि तेस्रो मुलुकको सामान ल्याउन सके निकै राहत पुग्ने नेपाल फ्रेट फर्वड संघका कोषाध्यक्ष नरेश कुमार अग्रवालले बताए । उनले भने, “अहिले १८ सय देखि २ हजार कन्टेनर विशाखापटनममा रोकिइरहेको छ । कोलकतामा पनि १०००-१२०० कन्टेनर रोकिएको छ ।” “कोलकताबाट सामान ल्याउँदा कम्तीमा १५ दिन कुर्नुपर्छ भने विशाखापटनममा त महिनौँ सामान अड्किन्छ । त्यसैले चीनबाट सामान ल्याउन अलि महँगो भए पनि हामीले यसलाई वैकल्पिक व्यवस्थाको रुपमा हेरेका छौँ ।”

भारतले नाका बन्दी लगाएको पृष्ठभूमिमा भएको उक्त सम्झौतालाई ठूलो उपलब्धिको रुपमा हेरिएको थियो । चीनले बेल्ट एण्ड रोड परियोजनामार्फत युरोपसम्म जोडिन लागेको पछिल्लो सन्दर्भमा उत्तरी छिमेकीसँग सम्झौता गर्न नेपालले ढिलाइ गर्न नहुने जानकारहरू बताउँछन् । –बीबीसी

तपाईको प्रतिक्रिया