Deneme Bonusu Veren Siteler
बिहिबार, आश्विन १७, २०८१
Thursday, October 3, 2024

काठमाडौं – रुपन्देहीको तिलोत्तमा नगरपालिकाका मेयरले आफ्नो कार्यकालभरी पारिश्रमिक नलिने घोषणा गर्नुभएको छ । नगर प्रमुख बासुदेव घिमिरेले जनप्रतिनिधिको रुपमा पाँच वर्षमा प्राप्त हुने सम्पूर्ण पारिश्रमिक रकम सामुदायिक विद्यालयमा अध्ययनरत गरीब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने घोषणा गर्नुभएको हो ।

नगर प्रमुख घिमिरेले आफूलाई प्राप्त हुने सम्पूर्ण पारिश्रमिक रकम नगरका सबै सामुदायिक विद्यालयका एकरएक जना गरीब तथा जेहेन्दार विद्यार्थीलाई छात्रबृत्तिको रुपमा उपलब्ध गराउने बताउनुभयो । प्रदेश सरकारले प्रदेश ५ मा नगर प्रमुखको पारिश्रमिक मासिक ३५ हजार रुपैंयाँ तोकेको छ । तिलोत्तमा नगरपालिकामा हाल ४४ वटा सामुदायिक विद्यालय छन् । सामुदायिक विद्यालयले सिफारिस गरेका विद्यार्थीलाई कार्यविधिका आधारमा लगातार पाँच वर्ष वा विद्यार्थीहरु सो विद्यालयमा अध्ययन गर्दासम्म छात्रवृत्ति प्रदान गरिनेछ ।

तिलोत्तमा नगरपालिकाले सामुदायिक विद्यालयको शैक्षिक र भौतिक पूर्वाधार सुधारलाई पहिलो प्राथमिकतामा राखेको छ । ‘राजनीतिका नाममा राज्य कोषबाट तलब सुविधा लिने परिपाटी गलत हो, राजनीतिलाई विशुद्ध सामाजिक सेवा बनाउनुपर्छ भन्ने मान्यता अनुसार आफ्नो सम्पूर्ण पारिश्रमिक रकम छात्रवृत्तिमा लगाउने निर्णय गरेको हुँ ।’ नगर मेयर घिमिरेले भन्नुभयो ।

तपाईको प्रतिक्रिया