Deneme Bonusu Veren Siteler
बिहिबार, आश्विन १७, २०८१
Thursday, October 3, 2024

काठमाडाैं – इरानबाट तेल खरिद नगर्न अमेरिकाले दिएको चेतावनीसँगै अमेरिकी डलर महँगिएको छ । भारुसँगै नेपाली मुद्रा कमजोर बन्दा बिहीबार एक डलर खरिद गर्नेले ११० रुपैयाँ भन्दा बढी रकम खर्चिनुपर्ने छ ।

नेपाल राष्ट्र बैंकले यस दिनका लागि अमेरिकी डलरको बिक्रीदर मूल्य ११० रुपैयाँ ८ पैसा तोकेको छ । त्यस्तै खरिददर मूल्य १०९ रुपैयाँ ४८ पैसा तोकेको छ । अघिल्लो दिन डलरको खरिददर मूल्य १०९ रुपैयाँ ४९ पैसा थियो भने बिक्रीदर मूल्य १०८ रुपैयाँ ८९ पैसा थियो । अघिल्लो दिनको तुलनामा ५९ पैसा महँगिएको डलर दुई महिनाको अन्तरालमै ४ रुपैयाँले महँगो भएको छ । यसअघि बैशाख १५ मा १०६ रुपैयाँको आसपासमा डलरको मूल्य थियो ।

चीनसँग व्यापारिक द्वन्द्व सुरु भएदेखि नै बढ्दै आएको डलरको मूल्य पछिल्लो समय अन्य देशलाई समेत अमेरिकाले दिएको चेतावनीपछि झन् महँगिएको हो।

इरानबाट तेल खरिद गर्दै आएका देशलाई इरानबाट खरिद नगर्न अमेरिकाले चेतावनी दिएको छ । जसले गर्दा भारतसहितका मुलुकहरुलाई यसले असर पर्ने छ । अमेरिकाले नोभेम्बर महिनाअगाडि नै इरानबाट तेल खरिद गर्दै आएकालाई रोक्न चेतावनी दिएको छ । जसले गर्दा ति मुलुकहरुले डलरको खरिद बढाउँदा भारु अवमूल्यन भएको भारतीय संचार माध्यमले जनाएका छन् । भारतसँग स्थिर बिनिमयदर रहेकाले नेपाली मुद्रा पनि कमजोर बनेको हो ।

यदी नरोकेमा अमेरिबाट कठोर आर्थिक प्रतिबन्धको सामना गर्नुपर्ने उसले चेतावनी दिएको छ । इरानलाई प्रभाव पार्ने अमेरिकी रणनीतिअनुरुप उसले त्यहाँबाट तेल खरिद गर्ने देशलाई चेतावनी दिएको हो । जसले गर्दा आगामी दिनमा कच्चा तेलको मूल्य समेत उच्च दरले बढ्ने भारतीय संचारमाध्यमले जनाएका छन् । नेपाली मुद्रा कमजोर हुँदा आयातित बस्तुमा बढी रकम खर्चिनुपर्दछ । नेपालमा सबैभन्दा बढी रकमको आयात हुने बस्तुहरुमध्ये पेट्रोलियम पदार्थ, अटोमोबाइल्स तथा पार्टपूर्जा, फलाम लगायतको मूल्य बढी पर्न जान्छ ।

यसले गर्दा ब्यापार घाटा थपिन जानेछ । उपभोग्य बस्तुहरुको मूल्य समेत बढ्ने भएकाले यसबाट मूल्यबृद्धिमा चाप पर्न जान्छ।  निर्माणाधिन विकासका पूर्वाधारमा लागत महँगो पर्न जान्छ । यसको एउटा उदाहरण निर्माणाधिन माथिल्लो तामाकोसी आयोजना हो । आयोजनाको विस्तृत डिजाइनपछि डलर महँगिदै जाँदा अर्थात मुद्रा अवमूल्यनकै कारण निर्माण सम्पन्न नहुँदै ७ अर्ब लागत बढी पर्न गएको छ । -एजेन्सी

तपाईको प्रतिक्रिया