काठमाडौं – चियामा गुलाबको पात राखेर पिउँदा पिसाब गर्दा हुने जलनलाई निको पार्न सहयोग पुग्छ ।
यसमा डायरेक्टिक तत्व हुन्छ, जसले टाक्सिन्स हर्मोनलाई शरीरबाट बाहिर निकाल्न सहयोग पु-याउँछ ।
दिनमा दुईदेखि तीनपटक चिया पिउँदा तीन महिनामा तीनदेखि चार किलोसम्म तौल कम गर्न सकिन्छ ।
यसले शरीरमा भिटामिन सी र ईको मात्रा पनि बढाउँछ । जसले छालालाई स्वस्थ राख्ने काम गर्छ ।
डिहाइड्रेसन हुनबाट पनि बचाउँछ र पाचन प्रणालीलाई समेत स्वस्थ राख्छ ।
बढी पसिना आउने समस्या छ भने पनि यस्तो चियाले राहत प्रदान गर्छ ।
यसले सास गन्हाउने समस्यालाई पनि दूर गर्छ ।
यस्तो चियाले तनावलाई समेत कम गर्न सघाउँछ ।