Deneme Bonusu Veren Siteler
सोमबार, पौष २९, २०८१
Monday, January 13, 2025

काठमाडौं – अर्थमन्त्री डा युवराज खतिवडाले चालू आव २०७४-७५ को आर्थिक सर्वेक्षण र सार्वजनिक संस्थानहरुको वार्षिक स्थिति समीक्षा २०७४ आज सदनमा पेश गर्नुभयो । अर्थमन्त्री डा खतिवडाले प्रतिनिधिसभामा आर्थिक सर्वेक्षण प्रस्तुत गर्र्दै विकासका गति र मुलुकभित्र रहेका विकासका चुनौतीलाई यसमा औँल्याउने काम भएको जानकारी दिनुभयो ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

उहाँका अनुसार चालू आर्थिक वर्षमा ५.५ प्रतिशतको आर्थिक वृद्धि रहने अनुमान गरिएको छ । उहाँले चालू आवको कूल गार्हस्थ्य उत्पादनमा कृषि तथा कृषि क्षेत्रको योगदान २७.६ र ७२.४ प्रतिशत रहेको पनि जानकारी दिनुभयो । चालू आवमा प्रतिव्यक्ति आय एक हजार अमेरिकी डलर हुने अनुमान गरिएको छ । उहाँका अनुसार पछिल्लो अनुमानअनुसार ६० लाखभन्दा बढी मानिस निरपेक्ष गरिबीको रेखामुनि रहेका र बहुआयामिक रुपमा ८० लाख मानिस गरिबीको रेखामुनि रहेका छन् ।

आन्तरिक बचत दर सुधारोन्मुख भएपनि यस वर्ष कूल गार्हस्थ्य उत्पादनको १५ प्रतिशतमा मात्र बचत हुन सकेको र लगानी सात प्रतिशत रहेको उल्लेख गर्दै उहाँले बचत र लगानीको प्रतिशतप्रति सन्तोष व्यक्त गर्नुभयो । वार्षिक बिन्दुगत मुद्रास्फीति दर छ प्रतिशत रहेको र मूल्य चाप बढ्दै गएको सर्वेक्षणले देखाएको छ । राजश्वको वृद्धि सन्तोषप्रद भए पनि सरकारी खर्चमा भएको तीव्र गतिले गर्दा बजेट घाटा बढ्दै गएको छ । आव २०७२-७३ मा नाफा गर्ने संस्थानको संख्या २३ रहेकामा चालू आवमा २६ वटा संस्थाले नाफा कमाएको छ । शेयर बजार स्थिरता जाने विश्वास पनि उहाँले व्यक्त गर्नुभयो ।

तपाईको प्रतिक्रिया