Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन १६, २०८१
Wednesday, October 2, 2024

काठमाडौं – चितवनमा बर्डफ्लु भेटिएपछि रुपन्देहीमा उच्च सतर्कता अपनाईएको छ । चितनवको खैरहनी नगरपालिका ९ सुतनीमा पालिएका कुखुरामा बर्डफ्लु भेटिएपछि त्यसको प्रकोप आउन सक्ने भन्दै जोगिन अन्य जिल्लामा पनि उच्च सर्तकता अपनाईएको हो ।

जसअनुसार आजदेखि रुपन्देहीका सिमा नाकाहरुमा कडा गरिएको छ । भारतीय सिमासंगै अन्य जिल्लाबाट रुपन्देहीमा भित्रिने पशुपंक्षीको आयातमा समेत उच्च सुरक्षा जाच र कडा निगरानी अपनाउन थालेको प्रमुख जिल्ला अधिकारी उदय बहादुर राना मगरले बताउनुभयो ।

यसअघि हिजो प्रमुख जिल्ला अधिकारी रानामगरको संयोजकत्वमा बसेको बैठकले कुखुरामा कुनै पनि रोगको शंका लागेमा तुरुन्त जानकारी गराउन  अनुरोध गरेको थियो ।

छिमेकी जिल्लाको प्रकोप बढ्न नदिन बर्डफ्लुको सर्भिलेन्स, नमुना संकलन कार्यलाई निरन्तरता दिने र  सञ्चार माध्यमबाट बर्डफ्लु विरुद्ध जनचेतनामुलक सन्देश प्रकाशन, प्रसारण गर्ने निर्णय भएको जिल्ला पशु सेवा कार्यालय रुपन्देहीका प्रमुख डा. विनयकुमार कर्णले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया