Deneme Bonusu Veren Siteler
आइतबार, पौष २८, २०८१
Sunday, January 12, 2025

काठमाडौं – नेपालले आँखामा लाग्ने खसरोग (ट्रकोमा) निर्मूलनमा सफलता हासिल गरेपछि विश्व स्वास्थ्य संगठनबाट निर्मूलनको प्रमाणपत्र पाएको छ । स्विटजरल्याण्डको जेनेभास्थित प्रधान कार्यालयमा चलिरहेको ७१औँ महासभामा यही जेठ ६ गते स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री पद्मा अर्याललाई रोग निर्मूलनको प्रमाणपत्र प्रदान गरिएको हो ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

राज्यमन्त्रीका स्वकीय सचिव राजेश शर्माले राससलाई दिएको जानकारीअनुसार विश्व स्वास्थ्य संगठनका महानिर्देशक डा टेड्रोस अधानम देभ्रेयुसले राज्यमन्त्री अर्याललाई उक्त प्रमाणपत्र प्रदान गर्नुभएको हो । महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै जेनेभा पुग्नुभएकी राज्यमन्त्री पद्मा अर्याल र विश्व स्वास्थ्य संगठनका महानिर्देशक डा टेड्रोस अधानम देभ्रेयुस विगतमा नेपालमा भएका स्वास्थ्यसँग सम्बन्धित सफल अभ्यास, उपलब्धि र योजनाहरुका विषयमा छलफलसमेत भएको शर्माले बताउनुभयो ।

नेपाल संघीयता कार्यान्वयनको विशिष्टीकृत अवस्थामा रहेको हुँदा संगठनले स्वास्थ्यको नीति र पद्धति विकासमा विशेष प्राविधिक सहयोग गर्न, नेपाली विज्ञको अर्थपूर्ण सहभागितामा संगठनका नीति, योजना र कार्यक्रमहरु निर्माणका लागि पनि राज्यमन्त्री अर्यालले आग्रह गर्नुभएको बताइएको छ । भेटमा महानिर्देशक डा टेड्रोस अधानम देभ्रेयुसले नेपालले ट्रकोमा उन्मूलनमा प्रगति गरेको जस्तै कालाज्वरमा पनि प्रगति गरिरहेको कुरा सुन्दा आफूलाई खुशी लागेको बताउनुभएको शर्माले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया