Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन १६, २०८१
Wednesday, October 2, 2024

काठमाडौं – नवगठित नेपाल कम्युनिष्ट पार्टीले दलीय छलफल र पार्टीका कार्यक्रम समेत सरकारी कार्यालयहरुमा आयोजना गरेको भन्दै राजनीतिक वृत्तमै आलोचना सुरु भएको छ । तत्कालिन एमाले र माओवादी केन्द्रबीच गत बिहीवार एकीकरण घोषणा पछि प्रधानमन्त्री समेत रहेका नेकपाका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीको सरकारी निवासमा रात्रीभोजको आयोजना गर्नुभएको थियो । रात्रीभोजका लागि नेपाल प्रहरीको प्रयोग भएको थियो ।

पार्टी एकीकरणका लागि भएका चरणवद्ध छलफल समेत वालुवाटार मै भएका थिए । सो समय एमाले र माओवादी केन्द्रका फरक पार्टी कार्यालय भएपनि छलफल र रात्रीभोजका लागि सरकारी निवास प्रयोग गर्नु सरकारी सम्पत्तिको दूरुपयोग भएको नेताहरुको भनाई छ ।

नयाँशक्ति पार्टीका संयोजक एवं सांसद बाबुराम भट्टराईले पार्टीका कार्यक्रम बालुवाटारमा गरेको प्रति अपत्ति जनाउनुभयो । माईक्रो ब्लगिङ साईट ट्वीटरमा भट्टराईले ब्याङग्य गर्नुभयो, बिलय पश्चात गठित पार्टीका नेतृत्वदायी कमरेडहरूले सामुहिक सपथ लिंदा एउटा थप सपथ आजै लिए कसो होला ? त्यो हो । ‘हामी पार्टीका कुनै पनि कार्यक्रम प्रम निवास बालुवाटारमा गर्ने छैनौं र कहिल्यै सरकारी साधन श्रोतको दुरूपयोग गर्ने छैनौं ।’

राप्रपा नेपालका अध्यक्ष कमल थापाले पनि पार्टीका कार्यक्रम सरकारी निवासमा गरेर सत्तारुढ दलले पदीय दुरुपयोग गरेको आरोप लगाउनुयभो । उहाँले भन्नुभयो, ‘प्रधानमंत्रीको सरकारी निवासलाई कांग्रेस कम्युनिस्ट दुवैले पार्टी कार्यालयको रुपमा दुरुपयोग गरेका छन् । राप्रपाका सूर्यबहादुर थापा र लोकेन्द्र बहादुर चन्द पनि प्रधानमन्त्री हुनुभयो, तर प्रधानमन्त्री निवासलाई कहिल्यै पार्टी प्रयोजनका लागि प्रयोग गर्नुभएन । कृपया, अब यो सरकारी सम्पतिको दुरुपयोग नगर्नोस ।’

तपाईको प्रतिक्रिया