Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन १६, २०८१
Wednesday, October 2, 2024

काठमाडौं –  कस्तालाई हात्तीपाइले ?

रगतमा हात्तीपाइले उत्पादन गर्ने सूक्ष्म फाइलेरिया जम्मा भइरहेको हुन्छ । जुन एकदेखि दुई वर्षसम्म जीवित हुन्छन् । त्यस्तै, यस्तो तत्व रातको समय लिम्फ नोडबाट निस्केर रगतमा पुग्ने गर्छ र र दिउँसोको समय निष्क्रिय हुन्छ । त्यसैले जुनसुकै उमेर समूहका मानिसमा पनि हात्तीपाइलेको समस्या हुन सक्छ । तर, अमेरिकास्थित सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (सिडिसी)का अनुसार दुई वर्ष उमेरसम्मका बालबालिकामा प्रायः यो रोग देखिँदैन ।

हात्तीपाइले एक खतरनाक रोग हो । यस्तो रोगले मानिसको खुट्टा सुन्निएर हात्तीको जस्तो बनाउँछ र मानिस हिँडडुल गर्न सक्दैन । जसले शरीरमा गम्भीर खालका समस्या पनि निम्त्याउने गर्छ । त्यसैले यसबाट बच्न सावधानी अपनाउन जरुरी हुन्छ । यी हुन् हात्तीपाइलेका लक्षण :

हात्तीपाइलेका लक्षण

फाइलेरियाका कारण तीव्र गतिमा ज्वरो आउने गर्छ । कामज्वरो पनि अत्यधिक आउने हुन्छ । विशेषगरी, दुई वा र तीन दिनको अन्तरालमा ज्वरो आउने गर्छ ।

वेलावेलामा शरीर दुखिरहने समस्या हुन्छ । बान्ता हुने लक्षण पनि देखिइरहन्छ ।
– विभिन्न ग्रन्थि सुन्निन थाल्छन् र सुन्निएको ग्रन्थिमा ज्वरोले आक्रमण गर्ने समस्या तीव्र हुन्छ ।

-अण्डकोष सुन्निने समस्या हुन्छ ।

-खुट्टा हात्तीको जस्तो आकारको हुन थाल्छ ।

-हात सुन्निन थाल्छ ।

-महिलामा योनि र स्तन सुन्निन थाल्छ ।

-हात्तीपाइलेले आक्रमण गरेपछि दूधजस्तो रङको पिसाब वहन थाल्छ । लिम्फ मिसिनाका कारण पिसाब यस्तो प्रकृतिको बन्छ ।

-बिस्तारै फोक्सो पनि सुन्निन थाल्छ ।

-यसका साथै खोकी लाग्ने, दम बढ्ने र कहिलेकाहीँ खकारमा रगत देखिनेलगायतका लक्षण देखिन्छन् । दम बढ्ने हुँदा बिरामी राम्रोसँग हिँडडुल गर्नसमेत सक्दैनन् ।

यसरी उपचार

-हात्तीपाइले रोगबाट बच्न एक वर्षको अन्तरालमा पाँच वर्षसम्म हात्तीपाइलेको चक्की खानुपर्ने हुन्छ । यस्तो चक्की सरकारले निःशुल्क रूपमा वितरण गर्दै आइरहेको छ ।

-त्यस्तै, जुकानाशक एल्बेन्डाजोल र डाइथाइल कार्बामाजाइनको चक्की पनि वर्षमा एकपटक प्रयोग गर्नुपर्छ । जुन चक्की उमेरअनुसार एकपटकमा तीनवटासम्म प्रयोग गर्नुपर्छ ।

-गर्भवती महिला, सुत्केरी भएको एक सातासम्म, छारेरोग, मुटुरोग, मिर्गौला, जन्डिस, कलेजोका दीर्घ रोगीहरू, सिकिस्त बिरामी र दुई वर्ष नपुगेका बालबालिकाले भने हात्तीपाइलेको औषधि प्रयोग गर्नुहुँदैन । विश्व स्वास्थ्य संघले ८३ राष्ट्रका मानिसले हात्तीपाइलेको औषधि प्रयोग गर्दै आएको र यसले कुनै असर नपार्ने बताउँदै आएको छ ।

तपाईको प्रतिक्रिया