Deneme Bonusu Veren Siteler
आइतबार, पौष २८, २०८१
Sunday, January 12, 2025

काठमाडौं – अनुसन्धानदाताहरुले जोडीको सम्बन्धको सफलता उनीहरुबीच हुने पहिलो यौन सम्पर्कले परिभाषित गर्ने सार्वजनिक गरेका छन् । ८०० जना मानिसहरुमा गरिएको अध्ययनले पहिलो यौन सम्पर्क राम्रो हुने जोडीको सम्बन्ध, नहुनेहरुको भन्दा लामो टिकेको देखाएको छ ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

यसो हुनुको कारण पहिलो यौन सम्बन्धमा रमाउनेहरु यो अनुभवलाई लामो समय बनाउन प्रेरित हुने अनुसन्धानकर्ताहरुले बताए ।क्यालिफोर्निया विश्वविद्यालयका वैज्ञानिक डेभिसले सबै सम्बन्धहरु शुरुवाती चरणमा लगभग समान हुने भेटिएको बताए ।

फरकपन सम्बन्धमा आत्मियता बढेपछि मात्र देखिने अध्ययनमा देखिएको छ । यो अध्ययन जर्नल अफ एक्स्पेरिमेन्टल साइकोलोजीमा प्रकाशित भएको छ ।

यस्तो खालको पहिलो अध्ययनको आलेखका प्रमुख लेखक प्रोफेसर पल इस्टवीक र उनको समूहले सम्बन्धहरुको प्रारम्भदेखि अन्त्यसम्म अवलोकन गरेका थिए ।

मनोविज्ञहरुले दुई व्यक्तिमा फरकपन आउन समय लागेको पाए । फरकपन देखा पर्न थालेपछि जोडीले सम्बन्ध वा विवाह तोड्ने नतोड्ने यौन सम्पर्कले निर्धारण गरेको पाइयो ।

प्रोफेसर इस्टविक भन्छन्, “दीर्घकालिन र अल्पकालिन बाटो के हुन्छ भन्ने संकेत तपाईहरुले एक अर्कालाई चिनेको हप्ताहरु वा महिनाहरुपछि देखिन थाल्छ ।”

“प्रारम्भमा कुनै सम्बन्ध लामो टिक्छ कि छोटो समयमै अन्त्य हुन्छ भनेर कुनै बलियो प्रमाणहरु पाइदैन ।” अध्ययनको लागि विभिन्न उमेर समूहका ८०० जनालाई समावेश गरिएको थियो ।

अनुसन्धानदाताहरुले सम्बन्धको प्रारम्भबाट अवलोकन गरेका थिए । यो अध्ययन यो भन्दा अघि भन्दा फरक थियो । अरु अध्ययनहरुमा मानिसहरु डेटिङ्ग गर्न थाले पछि अवलोकन गर्न थालिएको हुन्थ्यो ।

यथार्थ जीवनमा मानिसहरु अर्को मानिसप्रति ‘थोरै आकर्षित हुँदा’ पनि यौन सम्पर्क हुने स्तरको सम्बन्ध हुन सक्छ तर त्यस्तो सम्बन्ध छोटो हुन्छ । आकर्षणले सम्बन्ध लामो समय तान्न नसक्ने देखियो ।

लामो सम्बन्धको त्यही हुन्छ जुन शुरुबाटै ‘उत्साहपर्दक’ र ‘सेक्सी’ हुन्छ । यस्तै सम्बन्धनै पछि स्थिर र लामो हुने हुन्छ ।

तपाईको प्रतिक्रिया