Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन १६, २०८१
Wednesday, October 2, 2024

काठमाडौं – केही समयदेखि नेपालीको पित्तथैलीमा पत्थरीको समस्या अत्यधिक रूपमा देखिन थालेको छ ।

संसारकै कुरा गर्दा सबैभन्दा धेरै अप्रेसन नै पित्तथैलीको हुने गरेको छ । तर, समस्या के भने पित्तथैलीमा समस्या भएको लक्षण मानिसले थाहा पाउन सक्दैनन् । यसका कारण अत्यधिक रूपमा पेट दुख्ने गर्दछ ।

अत्यधिक मोटोपन भएका मानिसलाई पत्थरीको समस्या हुन सक्छ । शरीरको तौल एक्कासि घटेमा पनि पत्थरीको समस्या हुन सक्छ ।

मधुमेह आफैँमा रोग हो । तर, मधुमेह भएका व्यक्ति पत्थरीको पनि उच्च जोखिममा हुन्छन् । निरन्तर खाली पेट बस्नु पनि पत्थरीका लागि टेवा पु-याउनु हो ।

रक्तअल्पता छ भने पनि पित्तथैली जाँच गराउनुपर्छ । यस्ता व्यक्तिलाई पत्थरी हुने सम्भावना हुन्छ । गर्भनिरोधक चक्कीको बढी प्रयोग गर्नेलाई पनि पत्थरी हुन सक्छ ।

यसरी थाहा पाउनुहोस्

पत्थरी भएमा दाहिने र माथिल्लो पेट दुख्ने गर्दछ । कहिलेकाहीँ यस्तो दुखाइ दाहिने पाखुरा वा ढाडतिर सर्न सक्छ । यस्तो दुखाइ चिल्लो खानेकुराको प्रयोगपछि अझ बढ्ने गर्दछ । पत्थरीको दुखाइ भने २४ घन्टाभित्रै निको हुन्छ र फेरि दुख्न थाल्छ । समस्या जटिल बन्दै गएमा भने दैनिकजसो दुख्न थाल्छ ।

पित्तथैलीको पत्थरीको अर्को मुख्य लक्षण भनेको पेट ढुस्स हुने, फुलेजस्तो अनुभूति हुने, अपच हुने, अस्वाभाविक रूपमा डकार आउने पनि हो ।

उपचार विधि
पत्थरी भएपछि अप्रेसन गरेर पत्थरी फाल्नु नै एक मात्र विकल्प हो । त्यसैले पित्तथैलीमा पत्थरी हुन नदिन पहिले नै सचेत हुन जरुरी हुन्छ ।

ल्याप्रोस्कोपी गरेर पित्तको पत्थरी निकाल्ने काम गरिन्छ । पित्तथैलीको अप्रेसनपछि भने छोटो समयमै दुखाइ कम हुने, हिँडडुल गर्न सक्ने हुन्छ । अप्रेसन गरेको ४ देखि ६ घन्टामै मानिस हिँडडुल गर्न सक्ने हुन्छ ।

तपाईको प्रतिक्रिया