Deneme Bonusu Veren Siteler
आइतबार, पौष २८, २०८१
Sunday, January 12, 2025

काठमाडौं –योगले हाम्रो शरीरमा हुने विभिन्न रोग हटाउन मद्दत गर्छ । नियमित योग गर्दा शरीरमा हुने अनावश्यक विकार हटाउनुका साथै जीवनमा पर्ने अप्ठ्याराहरू हटाउन पनि मद्दत गर्ने गर्दछ । स्वस्थ शरीरका लागि योग महत्वपूर्ण छ । अचेल धेरैलाई ढाड दुख्ने समस्याले सताएको पाइन्छ । यसका लागि शवासन गर्न सकिन्छ

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

सबैभन्दा पहिले आफ्नो योगम्याटमा आरामसँग बस्नुहोस् । अनि बिस्तारै दुवै खुट्टा खुम्च्याउनुहोस् । अनि त्यही अवस्थामा आरामसँग म्याटमा पल्टिनुहोस् ।

अनि दुवै हत्केलालाई आफ्नो पेटमा राख्नुहोस् । अब आफ्नो आँखा बन्द गरेर श्वासको गतिसँग पेट तल–माथि भएको अनुभूति गर्नुहोस् । त्यसपछि आफ्नो सम्पूर्ण ध्यान श्वासप्रश्वासमा लगाउनुस् ।


यो पोजिसनमा कम्तीमा १० मिनेट बस्न सकिन्छ । यो अभ्यास जुनसुकै समयमा पनि गर्दा हुन्छ ।

यसरी घुँडा खुम्च्याएर यो योग अभ्यास गर्दा ढाड दुख्ने समस्या हुँदैन । तर, खुट्टा सीधा पारेर गर्दा भने ढाड दुख्ने समस्या हुन सक्छ ।

यदि तपाईंमा ढाड दुख्ने समस्या भएमा पनि यो योग अभ्यास गर्न सक्नुहुन्छ । किनभने, ढाड दुख्ने समस्या भएकाले धेरै योग अभ्यास गर्न मिल्दैन ।

यस्तो योग गरेपछि लामो समयसम्म आराम गर्न जरुरी हुन्छ ।

तपाईको प्रतिक्रिया