Deneme Bonusu Veren Siteler
आइतबार, पौष २८, २०८१
Sunday, January 12, 2025

काठमाडौं – बाजुराको त्रिवेणी नगरपालिकास्थित तोली स्वास्थ्य चौकीको सेवा अस्तव्यस्त छ । स्वास्थ्यकर्मी र औषधिको अभाव हुँदा संस्थाले दिने सेवा अस्तव्यस्त अवस्थामा पुगेको स्थानीयवासीले गुनासो गरेका हुन् । सात जनाको दरबन्दी रहेको हाल स्वास्थ्य चौकीमा एकजना अनमी देवकी गौमतमात्र कार्यरत हुनुहुन्छ ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

स्वास्थ्य चौकीमा कार्यरत कर्मचारी कोही बिदामा र कोही दरबन्दी मिलान गरेर अर्को ठाउँमा गएपछि स्वास्थ्य सेवा प्रभावित बनेको अनमी गौतमले जानकारी दिनुभयो । स्वास्थ्य चौकी त्रिवेणी नगरपालिका केन्द्रको १० मिनेटको दूरीमा छ । स्वास्थ्यकर्मी नहुँदा उपचारसहित प्रसुति सेवासमेत प्रभावित भएकोे छ । बिहान बेलुका एकैजनाले सेवा दिन नसकिने हुँदा सर्वसाधारणले सास्ती भोग्नुपरेको उहाँले बताउनुभयो । स्वास्थ्य चौकीमा दैनिक २५ जनाभन्दा बढी बिरामी उपचारका लागि आउने गरेका छन् तर स्वास्थ्यकर्मी नहुँदा सेवा नपाएर घर फर्किनु पर्ने बाध्यता रहेको स्थानीय वीरेन्द्रबहादुर साउदले गुनासो गर्नुभयो ।

स्वास्थ्य चौकीमा कर्मचारीसँगै औषधि पनि अभाव छ गर्मीका बेला पखालाको संक्रमण बढ्ने हुँदा यहाँ सलाइनलगायतका सामान्य औषधि पनि अभाब छ । स्वास्थ्य चौकी त्रिवेणी नगरपालिकाको स्वामित्वमा छ । तर नगरपालिका स्वास्थ्य सेवाबारे नगरपालिका बेखबर बनेको छ । औषधि गएको वर्ष मंसिरदेखि कमी भए पनि चरम अभाव चैतदेखि भएको बताइएको छ । स्वास्थ्य चौकीमा दुईजना अहेब, दुईजना अनमी, दुईजना कार्यालय सहयोगी कार्यरत छन् तर प्रायः सबैजना स्वास्थ्य चौकीमा उपस्थित हुने गरेका छैनन् । हेल्थ असिस्टेन्ट पद पनि रिक्त छ ।

स्वास्थ्य चौकीका इन्चार्ज वीरबहादुर अयडी उक्त नगरपालिकाको निमित्त प्रमुख प्रशासकीय अधिकृत भएर आएपछि कार्यालय प्रमुखविहीन बनेको छ । कार्यालयको अस्तव्यस्तताका कारण संस्थागत सुत्केरी गराएबापत पाउने सुत्केरी भत्तासमेत सुत्केरीले नपाएको गुनासो आउन थालेको छ । सुत्केरी अवस्थामै सुरक्षा र आवश्यक पोषणका लागि पाउनुपर्ने भत्ता नै उधारो हुँदा सुत्केरी असन्तुष्ट बनेका छन् । संस्थामा सुत्केरी गराएबापत एक हजार ५०० र चार पटकसम्म नियमित गर्भजाँच गराएबापत थप पारिश्रमिक दिने व्यवस्था छ । कार्यालय सहयोगीले डेढ वर्षदेखि भ्याक्सिन ढुवानीबापतको रकमसमेत नपाएको गुनासो गरेका छन् । नगरपालिकाले भने यसबारे कुनै चासो नदिएको र तीन हप्तादेखि आर्थिक कारोबार बन्द गरेको छ ।

तपाईको प्रतिक्रिया