Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन १६, २०८१
Wednesday, October 2, 2024

काठमाडौं – माओवादी केन्द्रका नेता सुरेन्द्र कार्की (राम कार्की)ले नेता र कर्मचारीले स्वास्थ्य र शिक्षामा लगानी बन्द गर्नुपर्ने बताउनु भएको छ । संसद् बैठकमा जारी बजेटको विनियोजन सिद्धान्तमाथिको छलफलमा नेता कार्कीले हाम्रो शिक्षा र स्वास्थ्य प्रणाली नै नभएको जनाउनुभयो ।

‘स्वास्थ्य भनेको शरीर हो र शिक्षा भनेको मस्तिष्क हो । खै हाम्रो शिक्षा प्रणाली? हाम्रो पाठ्यक्रम पनि अरुले तयार गरिदिन्छन् । हामीले यहाँ के पढ्ने भन्ने पनि अरुले तय गरिदिन्छन्,’ उहाँले भन्नुभयो । उहाँले जनता भीडमा, मेलामा, जात्रामा हिँडेजसरी हिँडिरहेको उल्लेख गर्दै त्यसरी हिँडेर कतै लक्ष्यमा पुग्न नसकिने बताउनुभयो ।

नेता कार्कीले भन्नुभयो, ‘अब हामीले अबेर नगरीकन सबै केन्द्रीय तहका नेताहरु र कर्मचारीका फर्स्ट क्लास अफिसरहरुको शिक्षा र स्वास्थ्यमा लगानी बन्द गर्नुपर्छ ।’

तपाईको प्रतिक्रिया