Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन १६, २०८१
Wednesday, October 2, 2024

काठमाडौं – स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री पद्माकुमारी अर्यालले मुख स्वास्थ्य सेवालाई सबै स्थानीय तहसम्म पुर्याउने बताउनुभएको छ । आज काठमाडौँमा ‘ओरल मेडिसिन एण्ड रेडियोलोजी’सम्बन्धी विशेषज्ञहरूकोे पहिलो कार्यशाला गोष्ठीमा बोल्दै राज्यमन्त्री अर्यालले सबैको रोगको जड मुखको रोग भएपनि प्राथमिकतामा नपरेकाले स्थानीय तहबाटै मुख स्वास्थ्य सेवा प्रदान गरिने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘हिजो चेतना नहुँदाको कुरा अर्को हो तर अब सबै स्थानीय तहका स्वास्थ्य इकाईमा करारमा चिकित्सक नियुक्त गरी दन्त विशेषज्ञसमेत पुर्याइनेछ, यसलाई आधारभूत स्वास्थ्यसेवाभित्र राखी नीतिहरू परिमार्जन गर्ने तयारी गर्दैछौँ, हामीलाई तत्काल ७०० चिकित्सक आवश्यक छ ।’ अहिलेको बजेट सिलिङ हेर्दा स्वास्थ्यलाई हेर्ने मानसिकतामा परिवर्तन नभएको भन्दै उहाँले लामो समयदेखि चलिरहेका प्रभावहीन कार्यक्रमका ठाउँमा नयाँ कार्यक्रम ल्याउन खोज्दा नमान्ने प्रवृत्तिले अचम्मित बनाएको अनुभव सुनाउनुभयो ।

‘एकखालका कार्यक्रम एकीकृत गरौं, लामो समयबाट प्रभावहीन भएका कार्यक्रममा समय सान्दर्भिक कार्यक्रम राखौँ भन्दा खै किन हो मान्दै नमान्ने गर्दा त्यसले काममा निकै गाह्रो भएको छ, खै केको जालोले रोकेको हो, त्यो जालो हटाउन प्रयासरत छु,’ उहाँले भन्नुभयो । मुख स्वास्थ्यसम्बन्धी निदानात्मक प्रविधि, डेन्टल रेडियोलोजीको विकासमा आएको नयाँ प्रविधि-कोन विम कम्प्युटेड टोमोग्राफी (सिविसिटी)ले टाउको तथा घाँटीको रेडियोग्राफिक डायग्नोसिसमा कसरी सहयोग गर्छ भन्ने विशेषज्ञद्वारा जानकारी गराइने बताइएको छ ।

कान्तिपुर डेन्टल कलेज टिचिङ अस्पताल तथा रिसर्च सेन्टरका मुखस्वास्थ्य तथा रेडियोलोजी विभाग प्रमुख डा अंकित साहले मुख स्वास्थ्यको उपचारमा सिविसिटीले केही सेकेन्डमै टाउको तथा दाँतको थ्रिडी स्क्यान गरी पूर्णरुपमा यस्को अवस्थाबारे जानकारी दिई प्रभावकारी उपचारमा सहयोग गर्ने जानकारी दिनुभयो । नेपालमा अध्ययनरत र कार्यरत २५० दन्त चिकित्सकहरू सहभागी भएको कार्यशालामा नेपाल, भारत, हङकङका मुख स्वास्थ्य तथा रेडियोलोजीका विषेशज्ञहरूले प्रस्तुति दिइरहेका छन् ।

तपाईको प्रतिक्रिया