Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन १५, २०८१
Tuesday, October 1, 2024

काठमाडौं –  विशेषगरी विकसित मुलुकमा पेनलेस डेलिभरी प्रचलित छ । पछिल्ला केही वर्षदेखि नेपालमा पनि यसको प्रयोग हुन थालेको छ । पेनलेस डेलिभरी यस्तो प्रविधि हो, जसको प्रयोगले शिशु जन्माउने क्रममा आमाले सहनुपर्ने कठिन समस्यालाई कम गर्छ । एपिड्युरल एनेस्थेसियाका माध्यमबाट आमाले सहनुपर्ने दुखाइ कम गराइन्छ । तर, यस्तो डेलिभरी जोखिमयुक्त भने हुन्छ । 

यसरी दुःखमुक्त

पेनलेस डेलिभरीबाट बच्चा जन्माउँदा आमाले सहनुपर्ने पीडा कम हुन्छ । पेनलेस डेलिभरीमा एपिड्युरल एनेस्थेसियाका माध्यमबाट बच्चा जन्माउने गरिन्छ । जुन नेपालमा भने अत्यन्तै कम प्रयोगमा छ ।

यस्तो डेलिभरीका माध्यमले सहनुपर्ने १७–१८ घन्टाको पीडा टर्छ । यसका लागि मेरुदण्डको बीचबाट इन्जेक्सन दिइन्छ । यस्तो इन्जेक्सनले शरीर चल्छ तर दुख्दैन । अर्को विधि स्पाइनल एनेस्थेसिया दिँदा भने शरीरको तल्लो भाग नै चल्दैन । एनेस्थेसिया जुनसुकै अप्रेसन गर्दा पनि प्रयोग गरिन्छ । तर, एपिड्युरल एनेस्थेसिया गर्दाचाहिँ शरीरका सबै भाग चल्ने गर्छ । एनेस्थेसियाले नसाको कामलाई ब्लक गर्छ र दुखाइबाट मुक्त गर्छ ।

कस्ता व्यक्तिलाई ‘पेनलेस’ डेलिभरी ?

कसैलाई भने अनिवार्य रूपमा एपिड्युरल एनेस्थेसिया दिनुपर्ने पनि हुन सक्छ । गर्भवती महिलाले व्यथा सहन नसकेको अवस्थामा यस्तो इन्जेक्सन दिइन्छ । थाइराइड अनब्यालेन्स भएका गर्भवतीलाई पनि यस्तो विधिबाट डेलिभरी गराउनुपर्ने हुन्छ । तर, यस्तो इन्जेक्सन दिइसकेपछि भने आमाको विशेष ख्याल पु¥याउन जरुरी हुन्छ ।

यस्ता छन् असर

  • एपिड्युरलले कहिलेकाहीँ रक्तचाप न्यून गराउँछ । यसका कारण बिरामी अचेत नै हुन सक्छ । जसको असर बच्चामा समेत पर्न सक्छ ।
  • एपिड्युरल एनेस्थेसिया दिएका व्यक्तिले रक्तचापको नियमित जाँच गराइरहनुपर्छ । बच्चा निस्कने समय आमाले अत्यधिक बल प्रयोग गर्नुपर्छ । यसरी बल गर्न नसकेको अवस्थामा विभिन्न इन्स्ट्रुमेन्ट प्रयोग गरी शिशु निकाल्नुपर्ने हुन्छ ।
  • आमाले बल प्रयोग नगरेको अवस्थामा अप्रेसन नै गर्ने अवस्था निम्तिन सक्छ । कहिलेकाहीँ भने ठूला समस्या पनि निम्तिन सक्छ ।
  • नसामा समस्या हुने भएकाले कसैको पिसाब नै ब्लक हुन सक्छ । कतिपय अवस्थामा पिसाबथैलीमा पिसाब भरिए पनि फेर्न नसक्ने हुन सक्छ । यस्तो अवस्थामा पाइपबाट पिसाब निकाल्नुपर्ने हुन सक्छ ।
  • कसैकसैको हातखुट्टा नै नचल्ने पनि हुन सक्छ । त्यसैले डेलिभरीपछि हिँड्ने, तातो झोल पदार्थको अत्यधिक प्रयोग गर्नुपर्छ । कसैकसैलाई सहज पनि हुन्छ ।
तपाईको प्रतिक्रिया