Deneme Bonusu Veren Siteler
आइतबार, पौष २८, २०८१
Sunday, January 12, 2025

काठमाडौं – मोटोपनाको समस्या समाधानका लागि मानिसहरु विभिन्न तरिकाको खोजी गरिरहेका हुन्छन् । कसैले डाइटिङ गर्छन् भने कसैले खानपानमा परहेज गर्छन्। तर मोटोपनाको समस्या समाधान  गर्नुछ भने काचो नरिवलको तेल प्रयोग गर्नुपर्छ ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

साधारण खालको तेलमा बढी मात्रामा चिल्लोपदार्थ हुन्छ, जो शरीरमा जम्मा भएर मोटोपना बढाउँछ । तर नरिवलको तेलले मोटोपना नियन्त्रण गर्छ। नरिवलमा भएको खास विशेषताले यो शरीरमा जम्मा हुँदैंन र उर्जा दिनमा उपयोगी हुन्छ ।

यसले कसरी मोटोपना कम गर्छ ?

यदि नियमित रुपमा र सही तरिकाबाट काचो नरिवलको तेल प्रयोग गरिन्छ भने एक महिनाभित्रै पौने ३ किलोसम्म तौल कम गर्न सकिन्छ । तेल शरीरभित्र जानेबित्तिकै कोशिकाहरुलाई पोषित गर्न सुरु गर्छ । यसबाट चिल्लोपदार्थ तत्काल शक्तिमा परिवर्तन हुन्छ र शरीरमा जम्मा भएर बस्न पाउँदैंन ।

दिनभरि खाएको खानामा खराब खालको चिल्लो पदार्थ पनि हुन्छ । यो शरीरमा जम्मा हुन्छ र मोटोपना बढ्न थाल्छ । काचो नरिवलमा पाइने चिल्लो भने अन्य खानामा पाइने चिल्लोभन्दा लाभदायी हुन्छ । जब हामी काचो नरिवलको तेलमा बनाइएको खाना खान्छौं, यो सिधै कलेजोमा पुगेर कोशिकामा फैलन्छ र चिल्लोपदार्थका कणलाई आफूतर्फ तान्छ । कोशिकामा पुगेर यो चिल्लो तुरुन्त शक्तिमा परिवर्तन हुन्छ ।

नरिवलको तेल सजिलै पच्छ, किनभने यसमा कम फ्याटी एसिड पाइन्छ । नरिवलको तेल मध्यम खालको ट्राइग्लिसराइड लोरिक एसिडबाट बन्छ, यो एक आवश्यक फ्याटी एसिड हो । यस्तो ट्राइग्लिसराइडले शरीरको मोटाबोलिज्म बढाउँछ, जसले फ्याटी एसिडलाई उर्जामा परिवर्तन गर्छ। हरेक दिन आफ्नो खानामा दुईदेखि तीन ठूलो चम्चा उपभोग गर्न सकिन्छ ।

नरिवलको तेलमा खाना खानाले चाँडो भोक लाग्ने समस्या पनि हट्छ । यसमो कार्बोहाइड्रेट र अधिक क्यालोरी हुन्छ । यिनै तत्वले भोक नियन्त्रण गर्छ । यदि तपाईंको लक्ष्य दैनिक रुपमा प्राप्त हुने क्यालोरी कम गर्नु छ भने नरिवलको तेल उपयोगी हुन सक्छ । यसले पाचन प्रणालीलाई ठीक राखी क्यालोरी कम गरिदिन्छ । यो प्रक्रियाको माध्यमद्वारा शरीर खाना पचाउने र पोषकतत्व ग्रहण गर्ने र भोकलाई नियमन गर्ने काममा मद्धत गर्छ ।

हर्मोन असन्तुलनको समस्या भएका मानिसमा तौल बढ्ने समस्या सबैभन्दा बढी देखिन्छ । नरिवलको तेलमा बनेको खाना खानाले ब्लड सुगर नियन्त्रित गर्छ । तौल बढाउन भूमिका खेल्ने क्याडिडा यीस्टलाई नियन्त्रण गर्छ । यदि तौल नियन्त्रण गर्नु छ भने दिनहुँ नरिवलको तेलमा बनेका खाना खानुका साथै एक चम्चा नरिवलको तेललाई तातो पानीमा मिसाएर शारीरिक अभ्यास गर्नुअघि पिउनुपर्छ ।

तपाईको प्रतिक्रिया