Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन १५, २०८१
Tuesday, October 1, 2024

काठमाडौं – हामीले खाएको खाना पचाउनका लागि पेटमा एसिड बन्न थाल्छ । यदि अस्वस्थकर खाना खाएमा पेटमा आवश्यकभन्दा बढी एसिड बन्न जान्छ । कुनै समय बढी खाने, भोकै रहने, फास्टफुड र मसालेदार खानाले पनि एसिडिटी बढाउने गर्छ ।

एसिडिटीको समस्याबाट बच्न तुलसीको पाउडर, अजाइनोको सुप र दालचिनीलाई एक कप बटर मिल्कमा मिसाएर खान सकिन्छ । यस्तो मिश्रण बिहान र बेलुकी एक–एक कप प्रयोग गर्दा हुन्छ । यसले कब्जियत, ग्यास्ट्रिक र अपचको समस्याबाट पनि बचाउने काम गर्छ ।

अदुवाको रसमा मह मिलाएर पिउँदा पनि एसिडिटीको समस्याबाट मुक्त हुन सकिन्छ ।
तपाईंमा एसिडिटी छ भने एलोभेराको जुस औषधि बन्न सक्छ ।

पुदिनाको पातलाई उमालेर पिउँदा एसिडिटीको समस्याबाट जोगिन सकिन्छ ।
मनतातो पानीमा कागतीको रस मिलाएर प्रयोग गर्दा पनि यस्तो समस्याबाट छुटकारा पाउन सकिन्छ ।

एसिडिटीबाट बच्न एक गिलास पानीमा एक चम्चा मिठा सोडा मिलाएर बिस्तारै पिउन सक्नुहुन्छ ।
पानीमा कागतीको रस र मह मिलाएर पिउँदा पनि यस्तो समस्याबाट बच्न सकिन्छ ।

एक गिलास मनतातो पानीमा थोरै कालो खुर्सानीको धुलो र कागतीको रस मिसाएर पिएमा पनि एसिडिटीबाट बच्न सकिन्छ ।

एसिडिटीबाट बच्न जाइफलको धुलोलाई पानीमा मिलाएर पिउन पनि सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया