काठमाडौं – बलिउड अभिनेता राजपाल यादवलाई दिल्लीको कडकडडू अदालतले ६ महिनाको जेल सजाय सुनाएको छ । चेक बाउन्सको आरोप लागेपछि राजपाल र उनकी पत्नी राधा सहित उनको कम्पनीका सात जनालाई अदालतले दोषी ठहर गरी पुलिसले हिरासतमा लिएको हो ।
सन् २०१० बाट नै राजपाल माथि चेक बाउन्सको उजुरी गरिएको थियो । कम्पनीको तर्फ बाट यादवले चलचित्र ’अटा लाक्सता’ बनाउनका लागी ५ करोड लिएका थिए । चलचित्र २०१२मा प्रदर्शन भएता पनि उधारो रकम फिर्ता गर्न नसकेपछि उनी माथि मुद्दा हालिएको थियो ।
हालै २३ अप्रिलको उनी माथि अदालतले फैसला सुनाएको हो । लगातार ७ वटा चेक बाउन्स भएको आरोप लागेपछि उनी पछिल्लो समय तनावमा थिए । रिपोर्ट अनुसार, अदालतले प्रत्येक जाँचमा १.६० करोड रुपैयाँको फाइन लगाएको छ।
तदनुसार, कुल मिलाएर लगभग ११.२० करोड रुपैयाँ राजापाल, पत्नी राधा र कम्पनीका केही मानिसहरू माथि हिसाब देखाइएको छ । आफ्नोे गल्ती स्वीकार गरेका राजपाललाई अदालतले तीन लाख पचास हजार रुपैयाँ धरौटी जमानत दिएको छ।