Deneme Bonusu Veren Siteler
आइतबार, पौष २८, २०८१
Sunday, January 12, 2025

काठमाडौं – चलचित्र ‘चङ्गा’को पहिलो गीत सार्वजनिक भएको छ । जेठ २५ गते प्रदर्शन मिति तय भएको चलचित्रको प्रचारप्रसारको सुरुवात भन्दै निर्माण टिमले पहिलो गीत सार्वजनिक गरेको हो ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

निर्माण टिमले पहिलो गीत स्वरूप लोकलयमा रहेको ‘कम्पनी माला’ दर्शकमाझ ल्याएको हो । सार्वजनिक गीतमा राजेन्द्र थापाको शब्द, राजराज सिवाकोटीको सङ्गीत रहेको छ भने स्वरमा राजनराजको साथमा अञ्जु पन्तको रहेको छ । गीतको भिडियोमा चलचित्रका प्राय सबै कलाकारहरू फिचर छन् । भिडियोलाई कविराज गहतराजले लोभलाग्दो कोरियोग्राफी गरेका छन् ।

‘डिट्ठासाब’ पात्रबाट परिचित कलाकार किशोर भण्डारीको पहिलो निर्देशनमा तयार भएको चलचित्र ‘चङ्गा’मा बुद्धि तामाङ, कमलमणी नेपाल, अंकित खड्का, लक्ष्मी बर्देवा, रेश्मा तिमिल्सिना, प्रेमबर्षा शाह, जीवन भट्टराई, राजन खतिवडा र लक्की भण्डारी लगायतका कलाकारको अभिनय रहेको छ । पूर्णतः कमेडी फ्लेभर रहेको बताउने निर्देशक भण्डारीका अनुसार सार्वजनिक गीत चलचित्रको कथा र परिवेश अनुसारको रहेको बताए । निर्देशक भण्डारीको कथा रहेको चलचित्रलाई रेश्मा तिमिल्सिना उर्फ बुनुमैचाले निर्माण गरेकी हुन् ।

तपाईको प्रतिक्रिया