मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): समयले साथ दिनेछ । काम काजमा प्रगति हुनेछ । आफुलाई मन पर्ने भोजन मिल्नेछ । घर परिवारबाट आशा गरे अनुसारको सहयोग पाईने छैन ।
——————————————–
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो): सहज रुपमा काम हुने छैन । आम्दानीमा कमी आउन सक्छ । घुमाई फिराई बढि हुनसक्छ । व्यवसायिक क्षेत्रमा समस्या आउन सक्छ । मनोबल गिर्ने छैन ।
——————————————–
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा): वोली नफुत्काउनु होला । आकस्मिक आम्दानीको योग देखिन्छ । परिवारमा सुख,शान्ति मिल्नेछ । व्यापारमा वृद्धि हुनेछ ।
——————————————–
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): कार्य व्यस्तता वढ्नेछ तर हतारमा निर्णय नगर्नु होला । नोकरी तथा राजनीतिमा सफलता मिल्नेछ । इज्जत प्रतिष्ठा बढ्नेछ ।
——————————————–
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): आनन्द सँग बस्न पाईने छैन । व्यर्थको घुमाई फिराई बढि हुनेछ । उपलब्धिका काममा अवसरोध आउनेछ । पढाई लेखाईमा ध्यान जानेछैन ।
——————————————–
कन्या (टो, पा, पी, पु, ष, ण, ठ, पे, पो): मनोरोग बढ्न सक्छ । दैनिक काम काजमा अवरोध आउन सक्छ । आफ्नो धन अरुको लागि खर्च गर्नु पर्ला । दुःख कष्ट हैरानी बढि हुने देखिन्छ ।
——————————————–
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते): जीवन साथिको सहयोगमा महत्वपूर्ण काम हुनेछन् । वैदेशिक कामबाट लाभान्वित हुनुहुनेछ । नोकरी तथा राजनीतिमा सफलता मिल्नेछ ।
——————————————–
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु): दुष्टहरुको आगमन हुनसक्छ, भाग्य खोसिन सक्छ सजग भएर काम गर्नु होला । मेहनत बढि गर्नु पर्ला परिश्रमको प्रतिफल भने राम्रो मिल्नेछ ।
——————————————–
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे): श्रमको मुल्य पाईने छैन । अनावस्यक ठाँउमा लगानी बढ्न सक्छ । भय,त्रास र आतुरमा काम गर्दा विग्रिन सक्छन् । परिवारमा द्वन्द चल्न सक्छ होशियार हुनुहोला ।
——————————————–
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि): काम गर्दा विवाद बढ्न सक्छ । घरयासी खर्चमा तिव्रता आउनेछ । शारीरिक शिथिलता बढ्नेछ । व्यापार घट्नेछ । भ्रम बढ्नेछ ।
——————————————-
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा): आत्मबल,आत्मविश्वास बढ्नेछ । मुद्धा मामिल,बादविबादमा जीत हात लाग्नेछ । व्यापारबाट आम्दानी बढ्नेछ । नयाँ कामको अवसर आउनेछ ।
——————————————–
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि): आम्दानी खर्च वारवरै जस्तो हुनेछ । प्रयत्न गर्न सके काममा प्रगति हुनेछ । पढाई लेखाईमा भन्दा अन्य काम चासो बढि हुनेछ । सहयोग अल्प मिल्नेछ ।
——————————————–