Deneme Bonusu Veren Siteler
बुधबार, माघ ०९, २०८१
Wednesday, January 22, 2025

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एमालेको मेची–महाकाली राष्ट्रिय अभियानका क्रममा कुनै अप्रिय घटना हुन नदिन सुरक्षाकर्मीलाई निर्देशन दिनुभएको थियो । सप्तरीमा सोमबार भएको प्रदर्शनमा पनि संयम हुन निर्देशन दिनुभएको थियो ।

उहाँले प्रदर्शनकारीमाथि गोली नचलाउनसमेत निर्देशन दिएको प्रधानमन्त्री कार्यालयले जनाएको छ । यसैबीच प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी ओलीबीच सप्तरी घटनाबारे टेलिफोन संवाद भएको छ । आफू गएको ठाउँमा किन ढुंगामुढा हुन्छ ?

किन असुरक्षा सिर्जना हुन्छ भन्दै ओलीले प्रधानमन्त्रीसँग प्रश्न गर्नुभएको थियो । जवाफमा प्रधानमन्त्रीले घटना कसरी भयो र कस्ले भड्कायो भनेर एमालेले नै समीक्षा गर्नुपर्ने बताउनुभयो ।

‘देशलाई थप मुठभेडमा लग्ने कि जोगाउने, तपाईंहरूका शीर्ष नेताहरू बसेर समीक्षा गर्नुहोला,’ प्रधानमन्त्रीले जवाफ दिएको स्रोतले जनाएको छ ।

गृहमन्त्री निधि कैलालीबाट काठमाडौं फर्कंदै
कैलाली कांग्रेसले मंगलबार आयोजना गर्ने कार्यक्रममा भाग लिन गएका गृहमन्त्री विमलेन्द्र निधि सोमबार राति नै काठमाडौंतर्पm लाग्नुभएको छ । उहाँले एमाले अध्यक्ष केपी ओली र तमलोपा अध्यक्ष महन्थ ठाकुरसँग टेलिफोन वार्ता गर्नुभएको छ ।

तराईमा कार्यक्रम स्थगन गर्न ओलीलाई आग्रह गर्नुभएका निधिले ठाकुरलाई भने संयमता अपनाउन भन्नुभएको छ । निधिले तमलोपा अध्यक्ष ठाकुरलाई घटनाप्रति दुःख व्यक्त गर्दै घाइतेको उपचारको व्यवस्था मिलाउने प्रतिबद्धता जनाउनुभएको छ ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया