Deneme Bonusu Veren Siteler
बुधबार, माघ ०९, २०८१
Wednesday, January 22, 2025

धादिङ – भूकम्पबाट अति प्रभावित १४ जिल्लामा आवास अनुदानको दोस्रो किस्ता वितरण गर्न ११ अर्ब ७५ करोड ५० लाख रुपैयाँको अख्तियारी दिने निर्णय सरकारले गरिसकेको छ । तर, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले एक महिनाअघि नै दोस्रो किस्ता वितरणको अख्तियारी दिने निर्णय गरेको भए पनि पीडितले भने अझै उक्त रकम पाउन सकेका छैनन् ।

नीलकण्ठ नगरपालिका-९ का प्रवलबहादुर दुवाडीले भूकम्प प्रतिरोधी घर बनाउन सरकारबाट अनुदानस्वरूप पाउने रकमको पहिलो किस्ता मंसिरमा लिनेबित्तिकै घर निर्माण सुरु गर्नुभयो । घरको जग हालेपछि दोस्रो किस्ता दिने भनेर प्रचार गरिए पनि उहाँले  पूरै घर बनाइसक्दासमेत दोस्रो र तेस्रो किस्ताको रकम नपाएपछि अन्योलमा पर्नुभएको छ ।

प्रवलबहादुरले भन्नुभयो, ‘घरको जग हालेदेखि इन्जिनियरले हेर्न आउँछ, जग भूकम्प प्रतिरोधी छ÷छैन बुझेर सिफारिस गरेपछि दोस्रो किस्ता पाइन्छ भन्थे, सरकारले भनेअनुसार नै बनाइएको छ, हेर्न इन्जिनियर पनि आएका छैनन्, फोटो खिचेर नगरपालिकामा पनि बुझाइयो तर पैसा पाउने कहिले होे कहिले केही थाहा छैन ।’

नीलकण्ठ-९ कै सुमन दुवाडीले पनि सरकारी मापदण्डअनुसार दक्ष प्राविधिककै सहयोगमा भूकम्प प्रतिरोधी नयाँ घर बनाइसकेका छन् तर उहाँको घरको मूल्यांकन गरिपाऊँ भनेर नगरपालिकामा निवेदन दिएको २ महिना भइसके पनि न मूल्यांकन भएको छ न त उहाँले दोस्रो किस्ताको रकम पाउने टुंगो नै लागेको छ ।

सुमनले भन्नुभयो, ‘अनुदानकै पैसामा भर परेर घर बनाइयो, पहिलो किस्ता बल्लबल्ल पाए पनि दोस्रो किस्ता कहिले हो कहिले ? घर बनाउने मिस्त्रीलाई ज्याला र काठपात खरिद गर्न पनि १५ प्रतिशत ब्याजदरमा साना किसान सहकारीबाट ऋण निकालेको छु, अब दोस्रो किस्ता लिँदा त ब्याजै तिर्न नपुग्ने पो हो कि भन्ने अवस्था भइसक्यो ।’

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया