Deneme Bonusu Veren Siteler
बुधबार, माघ ०९, २०८१
Wednesday, January 22, 2025

काठमाडौँ –  अनियन्त्रित सवारी साधन, बढ्दो सहरीकरणका साथै बढ्दो जनसङ्ख्याले ध्वनि प्रदूषण बढ्दै गएकोमा चिन्ता व्यक्त गरिएको छ ।  बढ्दो ध्वनि प्रदूषण र ध्वनि प्रदूषणका कारण हुने बहिरोपनाको न्यूनीकरण गर्ने उद्देश्यले ‘ध्वनि प्रदूषणलाई कम गरौँ र बहिरोपनबाट बचौँ र बचाऔँ’ भन्ने नाराका साथ शुक्रबार मनाइएको विश्व श्रवण दिवसको अवसरमा ध्वनि प्रदूषण बढ्दै गइरहेको बताइएको हो ।

हरेक वर्ष मार्च ३ मा मनाइने विश्व श्रवण दिवस नेपालमा भने पहिलो पटक मनाइएको हो ।  वीर अस्पतालका नाक, कान, घाँटी विभागका प्रमुख प्राडा. ढुण्डीराज पौडेलले ध्वनि प्रदूषण बढाउन औद्योगिकीकरणसँगै बढ्दो सवारी चाप र साँगुरा सडकका कारणले जनसङ्ख्याको चाप रहेका राजधानीका केही स्थानमा पैदा हुने गरेको ध्वनि प्रदूषणको मात्रा बढ्दै गएको जानकारी दिनुभयो ।  नेपाल बहिरोपन निवारण समितिका संयोजकसमेत रहनुभएका पौडेलले चर्को आवाजले उत्पन्न हुने बहिरोपन स्थायी हुने सम्भावना रहने तथा त्यसको उपचार सम्भव नहुने बताउनुभयो ।

डा. पौडेलले चर्को आवाजबाट सिर्जित बहिरोपनबाट व्यक्तिलाई बचाउन सकिने बताउनुभयो ।  उहाँले नेपालमा १६ प्रतिशत व्यक्ति कुनै न कुनै प्रकारको बहिरोपनबाट पीडित रहेको जानकारी दिँदै बहिरोपनका ५० प्रतिशत कारणको रोकथाम गर्न सकिने बताउनुभयो ।

 

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया