काठमाडौं – उपराष्ट्रपति नन्दबहादुर पुनको स्वास्थ्यमा समस्या देखिएपछि उहाँलाई थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको छ ।
बिहिबारदेखिनै स्वास्थ्यमा खराबी देखिएको उपराष्ट्रपति पुनलाई आइतबार रातिदेखि गारो हुन थालेपछि १० बजेतिर अस्पताल भर्ना गरिएको हो । पुनको स्वास्थ्यमा समस्या देखिएपनि निवासमै उपचारपछि सामान्य बन्दै गएकोमा आइतबार साँझ एकाएक स्वास्थ्य अवस्था जटिल बनेको थियो । ‘शनिबार उहाँलाई १५/१६ पटकसम्म बमिट भयो र घरमै उपचार पछि बमिट हुन रोकिएको थियो’ पारिवारिक स्रोतले भन्यो – ‘साँझ फेरि रिंगाटा लाग्ने, बमिट हुने जस्ता समस्या देखिएर अवस्था जटिल बन्दै गएपछि नर्भिकको आइसियुमा भर्ना गरिएको हो ।’
उपराष्ट्रपति पुनका नीजि चिकित्सक डा. शिवजी सिलवालले उहाँको रगतमा सोइडियमको मात्रा कम देखिइएको जानकारी दिनुभयो । अहिले पुनलाई बमिट हुन रोकिएको छ । यद्यपी केहि दिन अस्पतालमै राखिने अस्पताल स्रोतको भनाइ छ ।
तपाईको प्रतिक्रिया