Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन २१, २०८१
Monday, October 7, 2024

काठमाडौं – पैदल यात्रुले तोकिएको स्थानबाट मात्र बाटो काट्नु पर्दछ । साइकलका लागि बनाइएको सडकमा साइकल गुडाउनुपर्छ । सडकमा जथाभावी चौपाया छाड्नु हुँदैन । सडकलाई बिस्कुन सुकाउने स्थान बनाउन पाइँदैन ।

यस्ता सामान्य विषयमा लापरवाही गर्दै आएका तपाईहामी अब भने जिम्मेवार र सजग बन्नुपर्नेछ, नत्र दण्डको भागिदार । सवारी साधनलाई निषेधित क्षेत्रमा पार्किङ गर्दा दुर्घटना भए र जथाभावी सडक अवरुद्ध र तोडफोड गरे क्षतिपूर्ति दिनुपर्नेछ । यस्तै सवारी साधन र सडकको अवस्थाका कारण दुर्घटना भए सवारी धनी र सडक निर्माण गर्ने निकाय सजायका भागिदार हुनेछन् ।

सरकारले पैदल यात्रुसमेतलाई दुर्घटनामा दोषी देखिए कारवाहीको व्यवस्थासहितको सडक सुरक्षा ऐन ल्याउने तयारी गरेको छ । सडक विभागले सरोकारवाला निकायको सहकार्यमा सडक प्रयोगकर्ता, निर्माता र सवारीसाधन सबैलाई कसुर अनुसार सजाय र क्षतिपूर्ति भराउने व्यवस्थासहित ‘नेपाल सडक सुरक्षा ऐन–२०७३’ मस्यौदा तयार पारेको हो ।

तपाईको प्रतिक्रिया