Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन २१, २०८१
Monday, October 7, 2024

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले युएईको चारदिने भ्रमणबाट फर्केपछि मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन् । चौथो ठूलो दल राप्रपालाई थप तीन मन्त्रालय सहित तथा फोरम लोकतान्त्रिक र साना दुई दललाई समेटेर मन्त्रिपरिषद् विस्तार गर्ने तयारीमा प्रधानमन्त्री रहेको उनका प्रमुख राजनीतिक सल्लाहकार चक्रपाणि खनाल बलदेवले बताए ।

‘अबुधाबी भ्रमण सकेर प्रधानमन्त्री फर्केलगत्तै मन्त्रिपरिषद् विस्तार हुन्छ,’ खनालले भने । प्रधानमन्त्री प्रचण्ड युएईका युवराज सेख मोहम्मद बिन जायेद अल नह्यानको निमन्त्रणामा वल्र्ड फ्युचर इनर्जी समिटमा भाग लिन शनिबार युएई प्रस्थान गरेका छन् । राप्रपा र फोरम लोकतान्त्रिकका अध्यक्षलाई नै सरकारमा सहभागी गराउने गरी प्रधानमन्त्रीले सरकार विस्तारको तयारी गरेको खनालले बताए । प्रधानमन्त्रीले राप्रपालाई अहिलेका दुई मन्त्रालय कायम राख्दै उपप्रधानमन्त्रीसहित थप तीनवटा मन्त्रालय दिने भएका छन् । फोरम लोकतान्त्रिकलाई पनि उपप्रधानमन्त्रीसहित दुई र साना दुई दललाई एक–एक मन्त्रालय दिने प्रधानमन्त्रीको तयारी छ । तर, कुन–कुन मन्त्रालय कसलाई दिने भन्ने टुंगो भने लागिसकेको छैन । 

प्रमुख सत्तासाझेदार दल कांग्रेससँग मन्त्रालयका विषयमा टुंगो लागेको भए प्रधानमन्त्रीले आबुधाबी भ्रमणअघि नै राप्रपा अध्यक्ष कमल थापा, फोरम लोकतान्त्रिक अध्यक्ष गच्छदारसहित दुई साना दलका नेतालाई मन्त्रिपरिषद्मा सहभागी गराउने योजना बनाएका थिए । तर, कांग्रेसको भागमा रहेको परराष्ट्र मन्त्रालय राप्रपालाई दिने विषयमा कुरा नटुंगिएकाले शनिबार अघि सरकार विस्तार हुन नसकेको हो ।

दुई साना दललाई पनि लैजाने
मन्त्रिपरिषद् विस्तार गर्दा साना दुई दललाई पनि समेट्ने तयारी प्रधानमन्त्रीको छ । ‘राप्रपा र फोरम लोकतान्त्रिकलाई सरकारमा ल्याउँदा साना दलबाट पनि दुईजनालाई मन्त्री बनाउने प्रधानमन्त्रीको तयारी छ,’ प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार खनालले भने ।

साना दलभित्रबाट अखण्ड नेपाल पार्टीका नेता कुमार खड्कालाई मन्त्री बनाउने प्रधानमन्त्रीको तयारी रहेको सचिवालयका सदस्यले बताए । समाजवादी पार्टीका नेता प्रेमबहादुर सिंहलाई पनि मन्त्री बनाउने छलफल भएको, तर त्यसबारे प्रधानमन्त्रीले टुंगो गरिनसकेको ती सदस्यले बताए ।

तपाईको प्रतिक्रिया